अखिल (क्रान्तिकारी)को मुखपत्र ‘कम्युनिस्ट विद्यार्थी’ सार्वजनिक

२०७८ आश्विन ७ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले २२ औं राष्ट्रिय सम्मेलनको अवसरमा संगठनको मुखपत्र “कम्युनिस्ट बिद्यार्थी” सार्वजनिक गरेको छ । सम्मेलनको अवसरमा नेकपाका महासचिव विप्लवले उक्त मुखपत्र सार्वजनिकीकरण गरेका हुन् । मुखपत्रमा नेकपाका महासचिव विप्लवद्धारा “जनमत संग्रह र विद्यार्थी”शीर्षकको महत्वपूर्ण लेख रहेको छ । महासचिव विप्लवले पार्टीको नयाँ कार्यनीति प्रगतिशील संयुक्त सरकार र जनमत संग्रहको चुनावमा बिद्यार्थीको भूमिकाबारे चर्चा गरेका छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाण्डले “२२ औं राष्ट्रिय सम्मेलन र अखिल (क्रान्तिकारी)” पार्टी केन्द्रीय सचिवालय सदस्यत्रय कञ्चन, सुदर्शन र बिषमले क्रमशः “राष्ट्रनिर्माणको बलियो आधारः शिक्षामा मौलिक अधिकार”, “हाम्रो कार्यक्रम : वैज्ञानिक समाजवाद” र “एमसीसी र तालिवान युद्ध” शीर्षकको लेख समेटिएको छ । मुखपत्रमा मिलन, गुणराज लोहनी, सन्देश पौडेल, पूर्णबहादुर सिंह, चिरञ्जीवी ढकाल, रुद्र भट्टराई, प्रकाश शाहीलगायतको लेख सामग्रीहरु समेटिएको छ ।
मुखपत्रको सम्पादकीयमा संगठनले त्याग, समर्पण र बलिदानको गर्विलो इतिहाससहति नेपालको समग्र क्रान्तिकारी विद्यार्थी आन्दोलनमा अद्धितीय भूमिका निर्वाह गर्दै हामी वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी अनवरत क्रियाशील रहँदै आएको बताइएको छ । सम्पादकीयमा उल्लेख गरिएको छ, “नेपालको शिक्षामा व्याप्त निजीकरण, व्यापारीकरण र माफियाकरणको विरुद्ध हामी आगो ओकलिरहेका छौं भने हाम्रो संगठनले समान, निशुल्क, व्यवहारिक र वैज्ञानिक शिक्षा प्राप्तिको आन्दोलनको कुशलतापूर्वक नेतृत्व गरिरहेको छ । दलाल पुँजीवादी शिक्षाको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्नु हाम्रो आगामी कार्यभार बनेको छ ।”मुखपत्रको अन्तिम कभरमा कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत राखिएको छ ।

प्रतिक्रियाहरु