देशभर वर्षातको संभावना

२०७८ आश्विन ६ गते, बुधबार


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशभर वर्षा हुने जनाएको छ। भारतबाट आएको न्यून चापीय क्षेत्र र नेपालमै उत्पन्न स्थानीय वायुको प्रभावको कारण वर्षात हुने भएपनि मनसुन बाहिरीने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने कमै रहेको बिभागले जनाएको छ।
बुधबार बिहान गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १‚ प्रदेश २ र कर्णाली प्रदेशबाहेक सबै स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने महाशाखाले जनाएको छ। यस्ते‚ काठमाडौं उपत्यकामा पनि हल्का पानी पर्ने बताइएके छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम बदली भई केही स्थानमा फाटफुट वर्षा भएको छ। मंगलबार राति गुल्मी, चितवन, स्याङजा, सुनसरी, मकवानपुरमा धेरै पानी परेको थियो। पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकामा १९ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु