अष्ट्रेलियामा झण्डै ६ म्याग्निच्युटको भूकम्प

२०७८ आश्विन ६ गते, बुधबार


काठमाडौँ । अष्ट्रेलियामा आज बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार ९ बजेर १५ मिनेट जाँदा भिक्टोरिया राज्यको राजधानी मेलवर्न नजिकै केन्द्रविन्दू बनाएर ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट मेलवर्न शहर र आसपासका क्षेत्रमा थुप्रै घरहरु भत्किएका छन् । मानवीय क्षतिको भने अहिलेसम्म खबर नआएको त्यहाँको सरकारले बताएको छ । भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको छ ।
भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइड, न्यु साउथवेल्स लगायतका सहरसम्म पनि महशुस गरिएको थियो । भिक्टोरिया राज्य सरकारले मानिसहरुलाई घरभित्र नबस्न र परकम्पहरुप्रति सचेत रहन भनेको छ ।
मेलवर्न शहरमा मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पलगत्तै ४ रेक्टरस्केल आसपासका परकम्पहरु गएको बताइएको छ । अष्ट्रेलियाको इतिहासमा यो नै सवैभन्दा ठूलो भूकम्प गएको बताइएको छ ।
अमेरिका भ्रमणमा रहेका अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले वासिङ्टनमा पत्रकारहरुसंग अहिलेसम्म मानवीय क्षति वा कोही घाइते भएको खबर नआएको बताउनु भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु