जापानका दुई जुम्ल्याहा दिदीबहिनी विश्वकै सबैभन्दा जेठाे !

२०७८ आश्विन ५ गते, मंगलवार


काठमाडौँ । जापानका दुई जुम्ल्याहा दिदीबहिनीले विश्वमा सबैभन्दा वृद्ध व्यक्ति रेकर्ड बनाएका छन् । हाल १ सय ७ बर्ष र ३ सय ३० दिन पुगेका उनीहरुको नाम सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा रहेको हो । जापनमा राष्ट्रिय अवकाशका रुपमा आयोजना गरिएको कार्यक्रममा जुम्ल्याहा दिदीबैनीलाई सम्मान गर्दै वल्ड रेकर्डमा नाम दर्ता गराइएको हो । उमेनो सुमियामा र कौमे कोडमा नामका यी जुम्ल्याहाको जन्म सन् १९१३ नोभेम्बरमा जापानको शोदोशिमामा भएको थियो ।
आफ्ना मातापिताका ११ सन्तान मध्ये यिनीहरु चौथो सन्तानको रुपमा जन्मिएका थिए । यसअघि जापानकै जुम्ल्याहा दिदीबहिनी नारिता र जिन केनीले १ सय ७ बर्ष र १ सय ७५ दिनको रेकर्ड राखेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु