सोह्रश्राद्ध शुरु

२०७८ आश्विन ५ गते, मंगलवार


काठमाडौं । वडादशैं शुरु हुनु भन्दा अघि भदौ कृष्ण प्रतिपदादेखि १६ दिनसम्म दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ । सोहि अनुरुप आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध शुरु भएको छ । सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृको श्राद्व तथा तर्पण गर्ने गर्दछन् ।
पितृकार्यलाई अति पवित्र मानिन्छ । यस पटक पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पितृकार्य गराउने पुरोहितहरुलाई कर्मकाण्डको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने नियम लागू गरेको छ । साथै कोरोना सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पनि पूर्ण रूपमा लागू गरिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार