जनपत्रकार संगठन सुदुरपश्चिमको अध्यक्षमा प्रकाश थापा

२०७८ आश्विन ४ गते, सोमबार


काठमाडौँ । जनपत्रकार संगठन सुदुरपश्चिम प्रदेश समन्वय समितिको प्रथम भेला प्रकाश थापाको नेतृत्वमा २१ सदस्यीय प्रदेश समिति चयन गर्दै सम्पन्न भएको छ । उक्त भेलाका प्रमुख अतिथि तथा जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेर विश्वकर्माले सम्बोधन गर्दै जनपत्रकार संगठनको उदेश्य, भूमिका र कार्ययोजनाबारे स्पष्ट पार्दै सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता जोड दिने बताए । आम श्रमजीवी, उत्पीडित, निमुखा सर्वहारा वर्गको पक्षधरतामा उभिएर समाजका विकृति विसंगतिको विरुद्धका दृढ प्रतिबद्धताका साथ नयाँ राज्यव्यवस्था स्थापनाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु नै जनपत्रकारहरुको मूल धर्म रहेको उनको भनाई थियो । आगामी दिनहरुमा देशकै सच्चा क्रान्तिकारी जनपत्रकार उत्पादन गर्ने र समाज परिवर्तन गर्ने मुख्य भूमिकामा रहने विषयवस्तुलाई जोड दिने कुरा राख्दै नयाँ निर्वाचित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेकपाका डडेल्धुरा सचिव विजयले यो दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी देशमा देखिएका समस्यालाई समाधान दिन नसक्ने बताएका छन् । उनले भने , “ संगठित तरिकाले दलाल राज्य व्यवस्थाको अन्त्यका लागि र एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पत्रकारिता क्षेत्रबाट दृढ भएर लाग्न सबै जनपत्रकारहरुलाई अपिल पनि गरेका छन् ।
प्रकाश थापाको अध्यक्षतामा भएको उक्त सम्मेलनमा पत्रकार महासंघका डडेल्धुराका सचिव पुष्कर भण्डारी र अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष गणेश बोहोराले शुभकामना मन्तव्य राखेका थिए भने प्यानल प्रस्तुत कार्यक्रमका प्रमुख अतिथि शेर बहादुर विश्वकर्माले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन धर्म विकले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु