आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाईने

२०७८ आश्विन ४ गते, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दसैंका लागि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको जनाएको छ । बैंकले कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको बताएको छ । राष्ट्र बैंकले आजदेखि राजधानीमा बालुवाटारस्थित कार्यालय र प्रदेशस्थित सात वटै प्रदेशका कार्यालयबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । बैंकका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिइनेछ । राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना ग्राहकलाई नयाँ नोट सटहीको व्यवस्था गरेका छन् ।
वाणिज्य बैंकहरूले चार अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकले जनाएको छ । केही विकास बैंक र फाइनान्स कम्पनीले समेत नयाँ नोट वितरणको व्यवस्था मिलाएका छन । राष्ट्र बैंकले दशैंमा १५ अर्ब रुपैयाँसम्मका ५, १०, २०, ५० र एक सय रुपैयाँका नोट साट्ने व्यवस्था गरिएकाले अभाव नहुने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु