जनपत्रकार नवलपरासीको अध्यक्षमा प्रदीप पाठक

२०७८ आश्विन २ गते, शनिबार


काठमाडौँ । जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम जिल्ला भेलाले प्रदिप पाठककाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे छ । उक्त भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासी सचीव धिरजले”केहि पत्रकारले जनताको समस्या र शोषीत पिडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताए।सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई केहि व्यक्तिको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाई थियो। जनपत्रकार संगठन आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या आवाजविहिन नागरिकको आवाज बोल्नु पर्छ । समाजमा रहेका गरीब,पीडित,शोषीत वर्गहरुका समस्यालाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारीता गर्नु पर्नेमा धिरजले अपिल गरे ।
कार्यक्रममा नेकपा नवलपरासी जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रताप,नगर सदस्य गणेश,ओम कार्की लगायतले आ-आफ्नो धारणा राखेका थिए । संगठनले आगामी असोज १० र ११ गते दाङको घोराहीमा लुम्बिनी प्रदेशको सम्मेलन गर्ने बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार