नेकपा केन्द्रीय कमिटीको बैठक सुरू

२०७८ आश्विन १ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय कमिटीको बैठक तनहुँको बन्दीपुरमा शुरु भएको छ । प्रतिबन्धपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक हो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच गत फागुन २१ गते तीन बुँदे सहमति भएपछि नेकपा खुल्ला राजनीतिमा आएको हो । तीन वुदे सहमतिमा प्रतिवन्ध हटाउने,गिरफ्तार नेता कार्यकर्ता रिहा गर्ने र झुट्टामुद्दा खारेज गर्ने,राजनीतिक समस्या वार्ता मार्फत समाधन गर्ने सहमति भएपनि प्रतिबन्ध फुकुवा वाहेक अरु सहमति सरकारले कार्यान्वयन गरेको छैन । प्रतिबन्धपछि खुल्ला राजनीतिमा आएपछि पहिलो पटक बसेको यो बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा पार्टीको आगामी कार्यदिशा, राजनीतिक एजेन्डा,रणनीतिलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार