म र मेरो देश

रमेश रावत 'विक्रान्त' २०७८ आश्विन १ गते, शुक्रबार

मेरा बुवा आमाले मलाई गरिब परिवार भित्र जन्माउनु भएकोमा दोष छैन !
मेरा बुवा आमालाई राज्यव्यवस्थाले गरिब बनाएको प्रति दोष छ !!

म जन्मजात अशिक्षित परिवारको मान्छे चाहि हैन !
मेरो देश अशिक्षित भएर पो मेरो परिवार अशिक्षित भएको हो !!
मलाई लाग्छ राष्ट्र असक्षम भए सबै असक्षम हुन्छन् !!!
राष्ट्र सक्षम भए त्यो राष्ट्रका नागरिकपनि सक्षम हुन्छन् !!!!
मेरो मुटु बेचेर मेरो देशलाई धनी बनाउनु छ !!!!
मेरो रगत बगेपनी ,मेरो देशको प्रतिष्ठा मर्नु हुदैन !!!!!

इच्छा छन त थियो नि? मलाई राष्ट्रिय गौरवको गित गाउने !
मेरा देशका शासकले दुखी ,दरिद्रका गित गाउने बनाए !!
मेरो देशको कोइलीले पनि रोएर नै गित गाउछ !!!
म चाहन्छु मेरो देशको कोइलीले पनि स्वाभिमानको गित गायोस् !!!!

आमालाई बिरामीले च्याप्यो भने
मलाई पनि रोगले खपी नसक्नु हुन्छ ।
किनकि म संग आमालाई उपचार गर्ने पुजी छैन ।।
निशुल्क उपचार गर्ने न मेरो देशको व्यवस्था छ नत अवस्था छ ।।

यी मेरा भारी प्रश्नको उतर मैले आफैबाट पाउने गर्छु । किनकि
अरुले ठोस प्रश्नको ठोस उतर दिन सक्दैनन् ।।

मुटुमा देशलाई राखेर, नाङ्गो खुकुरी नचाउदै
लड्नु छ साम्राज्यवादका विरुद्ध
गाउने छु युद्ध म‌ैदानमा,स्वाभिमानका मिठास गितहरु
भत्काउने छु काला पहाडहरु
पुर्ने छु वर्गीय खाडललाई
लेख्नेछु नाम नेपालको
झिकेर रगत शरिरको

प्रतिक्रियाहरु