आइफोन १३ सार्वजनिक

२०७८ भाद्र ३० गते, बुधबार


काठमाडौं । आइफोन १३ र आइफोन मिनी सार्वजनिक भएको छ । आइफाेन १३ काे डिस्प्ले ६.१ इन्चको रहेकाे छ भने मिनी आइफाेनकाे ५.४ इन्चको रहेको छ । आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ। आइफोन १२ को तुलनामा आइफोन १३ मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप रहेकाे कम्पन्नीले दाबी गरेकाे छ । यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन् भने दुवैमा ए १५ बायोनिक चिप रहेको छ ।
त्यस्तै, आइफोन १३ सिरिज ६४ जिबी स्टोरेजमा उपलब्ध नहुने भएकाे छ । कम्पन्नीकाअनुसार न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ। आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन्। क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर उपलब्ध छ।
आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ । आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ भने आइफोन १३ मिनीको मूल्य ६९९ डलर तोकिएको छ ।

प्रतिक्रियाहरु