निपाह भाईरसबाट सचेत रहन आग्रह

२०७८ भाद्र २९ गते, मंगलवार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा संक्रामक रुप लिईरहेको निपाह भाईरसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएको निपाह भाइरस भारतमा फैलिदै गएको भन्दै सचेत रहन आग्रह गरेको हो । संक्रमित मध्ये ४५ देखि ७० प्रतिशत बढी मानिसको मृत्यु गराउन सक्ने भाइरस केही समय यता भारतमा देखिएको छ । नेपालसँगको खुल्ला सिमानाका कारण उक्त भाइरस नेपालमा पनि फैलिन सक्ने र महामारीको रुप लिनसक्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले १० प्राणघातक रोग मध्येको एक निपाह पनि भएकाले उक्त रोगको मृत्यु दर ७० प्रतिशतसम्म रहेको बताउनु भएको छ । नेपालमा अहिलेसम्म यो रोगका विरामी फेला भने परेका छैनन् । ‘फूट ब्याट’ भनिने चमेरामा पाइने यो भाइरस चमेरोबाटै सँुगुर र बंगुरमा सरेको विश्वास गरिएको छ । सुँगुर र बंगुरबाट मानिसमा सर्ने गरेको यो रोगको लक्षणमा ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वास प्रश्वासमा कठिनाइ हुने र टन्सिल हुने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रियाहरु