राष्ट्रिय बाल दिवस मनाइँदै

२०७८ भाद्र २९ गते, मंगलवार

काठमाडौं । आज ५७ औं राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रममा साथ मनाइदैछ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन् । उनले कोरोनाबाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा विस प्रतिशत शय्याको व्यवस्था गरिएको पनि जानकारी दिएका छन ।
कोरोनाको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार