‘गोन्जालोको निधनले विश्वभरका कम्युनिस्ट क्रान्तिकारी स्तब्ध र दुखित’

२०७८ भाद्र २७ गते, आईतवार

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गोन्जालोको निधनले विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुलाई स्तब्ध र दुखित तुल्याएको बताएको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुका लागि उर्जा र प्रेरणा बनिरहनु भएका र माओवादका कट्टर समर्थक एवं पहिलो प्रगोगकर्ता , अमेरिकी साम्राज्यवादको निद्रा हराम बनाउन सफल हुनु भएका , गोन्जालो विचारधाराका प्रवर्तक तथा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष कमरेड गोन्जालोको ८६ वर्षको उमेरमा अमेरिकी साम्राज्यवादको पिठ्यु पेरुभेली प्रतिक्रियावादी सरकारको एक सैनिक जेलमा यही सन २०२१ सेप्टेम्बर ११ ( २६ भाद्र २०७८ ) शनिबारका दिन दुखत निधन भएको छ । पेरुका सञ्चार माध्यमले जनाय अनुसार उहाँको उपचारकै क्रममा सैनिक अस्पतालमा मृत्यु भएको हो । उहाँको छातीमा इन्फेक्सनका कारण मृत्यु भएको जनाइएको छ । कमरेड गोन्जालोको दुखत निधनले आज हामीलाई स्तब्ध र दुखित तुल्याएको छ ।
पेरुमा सशस्त्र जनयुद्धको नेतृत्व गरिरहेकै अवस्थामा सन १९९२ सेप्टेम्बर १२ का तत्कालीन अमेरिकी साम्राज्यवादको कठपुतली फुजिमोरी प्रतिक्रियावादी सरकारले राजधानी लिमा शहरबाट कमरेड गोन्जालोलाई गिरफ्तार गरिएको थियोे ।


कमरेड गोन्जालोको नेतृत्वमा पेरुमा सन १९८० मई १७ देखि सशस्त्र जनयुद्धको थालनी गरिएको थियोे र उक्त जनयुद्ध सन १९८० देखि १९८९ सम्म सञ्चालन भएको थियो ।
साम्राज्यवादको पिठ्यु पेरुभेली प्रतिक्रियावादी सरले कमरेड गोन्जालोलाई गिरफ्तार गरेदेखि मृत्युको दिनसम्म पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ सैनिक जेलको पिंजडाघरमा सन १९९२ सेप्टेम्बर १२ देखि कैदी नम्बर १५०९ को बन्दी बनाएर राख्दै आएको थियोे ।
कमरेड गोन्जालोले बरु मृत्यु रोज्नु भएको थियो , चरम फासीवादी यातना भोग्नु भएको थियो तर जीवनको भिख माग्नु भएको थिएन , उहाँले प्रतिक्रियावादी सत्ताका सामु आत्मसमर्पण गर्नु भएन र अमेरिकी साम्राज्यवाद र उसको कठपुतली पेरुको प्रतिक्रियावादी शासकहरुसंग कहिल्यै झुक्नु भएन । यो नै संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुको प्रेरणाको श्रोत हो र उहाँलाई मरेर पनि अमर बनायो ।
कमरेड गोन्जालोको निधनले अवश्य पनि विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुलाई स्तब्ध र दुखित तुल्याएको छ । पेरुका कम्युनिस्ट क्रान्तिकारीहरुले अवश्य पनि माओवादको झण्डा झुक्न दिने छैनन् । र , कमरेड गोन्जालो विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरु र उत्पीडित राष्ट्र तथा मुक्तिगामी जनसमुदायका उर्जा र प्रेरणाका प्रतीक बनिरहनु हुनेछ भन्ने विस्वासका साथ हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र कमरेड गोन्जालोप्रति भावपूर्ण श्रध्दान्जली प्रकट गर्दछ । “

प्रतिक्रियाहरु