एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन

२०७८ भाद्र २७ गते, आईतवार

झपेन्द्रराज बैद्य

नेपाली जनताले एमसीसी (मिलेनियम च्यालेन्ज कार्पोरेशन) परियोजना चाहिँदैनभन्दा अमेरिकाले यसलाई नेपाल भित्र्याउन जोडबल गरेको छ । ठ्याक्कै उल्टो भएको छ । नेपालले सहयोग माग्नुपर्ने कुरामा अमेरिकाले सहयोग भिराउन मरिहत्ते गरेको छ, हेर्दा अचम्मको छ । सहयोग पनि चाहिँदैन भन्ने ? तर चाहिँदैन भन्नुपर्ने बाध्यता छ राष्ट्रियता र सार्वभौम सत्ताको सवालमा । नेपाली अमेरिकन दलालहरुलाई भने पैसा पचाउन सहयोग अत्यन्त खाँचो छ । वास्तवमा यो परियोजना विष घुसाएको गुलियो लड्डू हो । यसमा अमेरिकी साम्राज्यवादको स्वार्थ घुसेको छ । ४०० किमि विद्युत्को गोरखपुर जाने लाइन र १०० किमिको सडक निर्माणमा ५० अरब नेपाली रुपैयाँ बजेट राखेकोमा साढे ६ अर्ब त पूर्वाधारको लागि भनेर नेपाली दलालहरुले ल्याइसकेका छन् । परियोजनाको अफिस पनि बसिसकेको छ कोटेश्वरमा ।

हिजो एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र अर्का सहायक उपाध्यक्ष एमसीसी पास गराउन नेपाल भित्रिएका हुन् । हिजो नै अमेरिकी राजदूत र आफ्ना दलालहरुलाई भेट्न दौडाहा गरिन् उनले । यसै सन्दर्भमा उनी केपी ओलीलाई भेटन बालकोट पुगेकी हुन् । ओलीले सरकारको धारणा बुुझेपछि मात्र आपूmले यसको उत्तर दिने बताएका छन् । ओलीका पात्र दलाल विष्णु रिमालले त खुलेयाम एमसीसीको पक्षमा बोल्दै आएको भिडियोबाट पनि सुन्न र देख्न पाइन्छ । ओलीबाट केही सकारात्मक कुरा आएपछि उनी प्रचण्ड र नेपाललाई भेट्न पुगिन् । प्रचण्डले यस विषयमा संसद्बाट पास हुन सक्दैन भन्ने आफ्नो अभिव्यक्ति दिएको बुझिन्छ । कुरा नफेरेमा यो राम्रो भनाइ हो । माधव नेपालले पनि पास हुन सक्दैन भनेर अभिब्यक्ति दिएको कुरा मिडियाहरुमा पाइन्छ । नेपालले त पहिले एमसीसी आयोगको संयोजक बनाउदा एमसीसीलाई बहिस्कार गर्नुपर्छ भन्ने अभिब्यक्ति दिएका थिए । तर, संसदीय ब्यबस्थाका नेताहरुको बोली भसोसायोग्य हुँदैन । उनीहरु आफ्नो पद र प्रतिष्ठाको लागि जे पनि गर्न सक्छन् । इराक, अफगानिस्तानमा अमेरिका पस्यो, ध्वस्त बनायो । श्रीलंका र बंगलादेशले मानेनन् तिनीहरु स्वतन्त्र छन् । अमेरिकी खेतालाहरुले आजभन्दा चार वर्ष अगाडि २०७४ मा एमसीसी परियोजनाको सम्झौता गरिसकेको हुनाले अमेरिकी एजेन्ट फतिमा सुमारले यो परियोजनालाई संशोधन गर्न मिल्दैन भनेकी छिन् । यो अमेरिकाले एमसीसी लागू गरेको ४९ औं देश हो । अनुदान सहयोग लिन संसद्बाट पारित गराउनुपर्ने कहाँको नियम हो ? यसमा ठूलो रहस्य छ । नेपाको छातीमा टेकेर तिब्बत चाइनालाई हिर्काउने कुटनीति हो, यो । तिब्बतको दलाई लामा अहिले भारतमा शरण लिएर बसेको अवस्था छ । उनलाई अमेरिकाले पालेको छ । यसरी साम्राज्यवादीको ग्रायण्ड डिजाइनमा छ दलाई लामा । नेपालमा लागू गर्न खोजिएको परियोजनालाई चाइनाले पर्ख र हेर रणनीति अपनाएको छ । अमेरिका नेपालमा पसेमा चाइनालाई सह्य हुने छैन । दुई ठूला देशहरुको लडाईंमा नेपाल धूलो–पीठो हुने छ । नेपालीहरु खरानी हुनेछन् । महिलाहरुको अस्मिता लुटिने छ । रातबिरात अमेरिकी सेना आएर लुटपाट गर्नेछ । स्थिति बिकराल र भयावह हुनेछ । नेपालका बेचिएका दलालहरुलाई भने देशप्रति केही चिन्ता र चासो हुने छैन । यसकारण देशभक्त नेपालीहरुले पार्टीभन्दा माथि उठेर एमसीसी परियोजनाको सशक्त विरोध गर्नु पर्छ । अब विरोध मात्र होइन, देशै जान लागेको बेला गाउँ–घरका फटाहा दलालहरुलाई थ्रेट दिनसक्नुपर्छ । एकता हुने भने के हुँदैन ? जनता सबभन्दा ठूला हुन । जनताले सत्ता ढलाएको गौरवपूर्ण इतिहास छ । अब कार्यकर्ताहरु नेताले केही देलान् र खाउँला भनेर उनीहरुको भरौटे भएर हिँड्ने बेला होइन यो । अहिले बिप्लब नेकपाले एमसीसी परियोजनाको बहिस्कार गर्न ७ दिनसम्म लगातार रुपमा कार्यक्रम राखेको अवस्था छ । उपत्यकालगायत देशका विभिन्न ठाउँहरुमा कार्यक्रम राखेको छ । यही भाद्र २८ गते राजधानीमा बृहत कार्यक्रम राखेको बुझिन्छ । अरु वामपन्थी, देशभक्त शक्ति तथा पार्टीहरुले यस प्रकारको कार्यक्रम राख्न जरुरी भैसकेको छ । देश रहे नेपाली रहन्छौं देशै नरहे नेपाली कसरी रहौंला ? यसैले विभिन्न पार्टीका बरिष्ठ नेताहरुले एमसीसी बहिस्कार सम्बन्धमा कडा अभिव्यक्ति दिएको सुनिन्छ । बरिष्ठ नेता लिलामणि पोखरेलले बरु खरानी हुन तयार तर एमसीसी चाहिँदैन भन्ने उद्घोष गरेका छन् । यस्तै प्रम शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेलाई जेल हालिन्छ भनेर आफ्नो दलालीपन देखाउँदा सक्ने भए मलाई गिरफ्तार गरेर देखाऊ भनेर भीम रावलले एमसीसीको चर्को विरोध गरेका छन् । नेकपाले पनि बरु गिरफ्तार गरेर देखाऊ । एमसीसीको सशक्त विरोध गर्छौ भनेर अभिब्यक्ति दिएका छन् । यस्तै विभिन्न नेता कार्यकर्ताहरुले कार्यक्रम राखेर सशक्त विरोध गरेका छन् । केही २० करोडमा बिकेका भाट पत्रकार र मिडियाले यसको मौन समर्थन गरे पनि जनताका पक्षधर पत्रकारहरुले विरोधका स्वरहरु निकालेका छन् । मेले देख्छु केही पत्रकारहरु किन मौन बसिरहेका छन् ? देशको अस्मिता लुटिन लागेको बेला सबै देशभक्त, प्रजातन्त्रप्रेमी, विद्यार्थी, युवक र महिलाहरु एक जुट भएर संघर्षको मैदानमा आउनु जरुरी छ । भाद्र २४ गते ४०– ५० जना युवाहरु गिरफ्तार भएर साँझ पख रिहा भए । ती युवाहरुलाई कुनै कर त थिएन तर देश र जनताको मुक्तिका लागि लडेर सौर्य र साहस देखाएका हुन् । धन्यवाद युवाहरुलाई ।     हामी अमेरिकाको दास भएर मारिनुभन्दा बरु एमसीसीको विरोध गर्दागर्दै मर्न तयार छौं भनेका हुन् । युद्ध र लडाईं हामीले चाहेको होइन तर आइलागेपछि प्रत्याक्रमण गर्नसक्नु पर्छ । दार्चुलामा जयसिंह धामीको तुइन प्रकरणमा भारतीय एसएसबीले महाकालीमा बेपत्ता गराएको दुःखद घटनाको नेपाल सरकारले कुटनैतिक नोट पनि दिन सकेन । आजकल दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर उडिरेको सुन्छि । दलाल सरकारले यसको विरोध गर्न सकिरहेको छैन । एमसीसीको विरोध गर्नेलाई गिरफ्तार गरिन्छ भने सरकारले राष्ट्रियताको लागि के पो गर्न सक्ला र ? अपेक्षा छ जनआवाज सुनेर एमसीसी खारेज गरोस् । अन्यथा भयावह अवस्था नआउला भन्न सकिँदैन । सबैको एउटै स्वर होस् । देश बेच्न पाइदैन । एमसीसी चाहिँदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु