एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउने नेकपाका दजनौ कार्यकर्ता पक्राउ

२०७८ भाद्र २४ गते, बिहीबार


काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सलाई कालो झण्डा देखाउने नेपाल कम्युनिस्ट पार्टीका दर्जनौ कार्यकर्ता पक्राउ परेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा उत्रिएका नेकपानिकट युवा संगठन र अखिल (क्रान्तिकारी) का ५० भन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वर, तीनकुने, भृकटी मण्डपमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए । पक्राउ पर्ने अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मदन केसी, अखिल (क्रान्तिकारी) भक्तपुरका अध्यक्ष ललितजंग बम, उपाध्यक्ष अशोक महतरा, मदन, खगेन्द्र, सुवास लगायत रहेका छन् । नेकपाले एमसीसी परियोजना खारेज गर्नका लागि सम्पूर्ण शक्ति आन्दोलनमा केन्द्रीत गरेको छ ।

प्रतिक्रियाहरु