MCC विरुद्धको आन्दोलनलाई सबल र सफल पार्ने केही मान्यताहरु

२०७८ भाद्र २३ गते, बुधबार
नारायण शर्मा



गत आइतबार अर्थात् २० भाद्रमा काठमाण्डौको कान्तिपथ जमलस्थित होटल एल्लो प्यागोडामा MCC विरोधीहरुको एउटा सर्वपक्षीय भेला सम्पन्न भयो । भेलाले ूएमसीसी खारेजी आन्दोलनूनामको एउटा संयुक्त मोर्चा निर्माण गरी तत्कालै केही कार्यक्रम गर्ने कुरा पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्‍यो । त्यसैले यससन्दर्भमा संयुक्त मोर्चारकार्यगत एकताको सुदृढीकरण र विकासको लागि निम्न केही बुँदाहरु प्रस्तुत गर्नु आवश्यक देखिएकोले प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
१- MCC विरुद्धको आन्दोलन नेपाल र नेपालीको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, अखन्डता, अस्मिता र स्वत्व(अस्तित्व रक्षाको अहं महत्वको गम्भीर र बहुआयामिक आन्दोलन हो ।

२- MCC सँगको यो संझौता संशोधन गर्ने भ्रमपूर्ण मानसिकताबाट सबै मुक्त हुनुपर्छ र खारेज गर्नुको विकल्प छैन भन्नेमा सुस्पष्ट हुनुपर्छ । त्यसैले यसबारे अरु केही सोंच्नै हुँदैन १

३- सरकार र सदनमा रहेका शक्तिहरु वा ती भित्र रहेका व्यक्तिहरु तथा देशका स्वतन्त्र वा प्रतिबद्ध बौद्धिक-प्राज्ञिक र विज्ञ-विशेषज्ञहरु आ(आफ्ना आचारसंहिता, अनुशासन र अनुबन्धहरुजस्ता सीमा, समस्या र सोंचभन्दा माथि उठ्नुपर्छ र आ(आफ्ना क्षेत्रबाट संघर्ष गर्नुका साथै सडकमा रहेका शक्ति र व्यक्तिहरुसँग एकाकार हुँदै सडक संघर्षमा समेत जोडिन सक्नुपर्छ १

४- उक्त भेलामा उपस्थित हुन नसकेका देश(विदेशका MCC विरोधी सम्पूर्ण राजनीतिक, सामाजिक, सांस्कृतिक र नागरिक संगठनहरु, अभियान र आन्दोलनहरु, विज्ञ र विशेषज्ञहरु तथा स्वतन्त्र र स्वाभिमानी व्यक्तित्व(नेतृत्वहरु आदि सबै एकताबद्ध भएर ःऋऋ विरोधी देशविदेशका सम्पूर्ण संस्था र संघर्षहरुलाई सुसंयोजित, एकीकृत र केन्द्रीकृत गर्नको लागि ूःऋऋ खारेज अभियान संयुक्त राष्ट्रिय संघर्ष समन्वय समितीू बनाएर निर्णायक संघर्ष गर्नुपर्छ १

५- यो एकता र संघर्षको वैचारिक आधार अरु कुनै वादविशेष होइन, नेपाल र नेपाली राष्ट्रवाद हुनुपर्छ १

६- आन्दोलनको लक्ष(उद्देश्य अर्थात् माग वा नारा एकसूत्रीय मात्र हुनुपर्छ । त्यो हो ( MCC को चिरफार गर्ने, भण्डाफोर गर्ने र खारेज गराउने ।

७-आन्दोलनको प्रहारको मुख्य निशाना वर्तमान सरकार र मुख्यतस् यसका नेतृत्वकर्ता प्रधानमन्त्री लगायत जसरी पनि MCCपारित गरिनुपर्छ भन्ने नेता(सांसद आदिलाई बनाउनुपर्छ ।

८- यो मोर्चा र आन्दोलनमा कुनै वाद, व्यक्ति वा शक्ति विशेष हावी हुने र आफ्नो विचार, व्यक्तित्व र वर्चस्व स्थापित गर्ने अथवा कसैसँग बदला लिने वा कसैलाई विस्थापित गर्ने कुनियतबाट सबैका सबै पूर्णतस् मुक्त हुनुपर्छ ।

९- सत्ताधारी दल वा तीभित्ररनिकटका ःऋऋ विरोधी संघसंस्था र संगठन तथा तिनका नेता(कार्यकर्ता वा बुद्धिजीविहरुलाई आन्दोलन परिचालनमा ल्याउन र लगाउनमा विशेष रुचि र जोडदिनुपर्छ । यहाँनेर हामी पूर्वाग्रही र प्रतिशोधी हुनुहुँदैन ।

१०- विगतको पृष्ठभूमिका आधारमा भन्दा पनि वर्तमानको ःऋऋ खारेजीको लागि खेलेको र खेल्नसक्ने भूमिकालाई प्राथमिकता र महत्व दिएर मोर्चा र आन्दोलनको दायरा र प्रभाव व्यापक पार्नुपर्छ । यस सन्दर्भमा पनि ःऋऋ खारेज पक्षका हामी कुनै पनि नेता(कार्यकर्ता आशंकित वा आतंकित अथवा संकीर्ण र संकुचित हुनु आवश्यक छैन ।

११- यो एकसूत्रीय एजेण्डाको लागि गरिएको अस्थायी संयुक्त मोर्चा ९कार्यगत एकता० हो । यो मोर्चा९एकता०बाट सहमति भएका विषयहरु मात्र कार्यान्वयन गर्नु(गराउनु पर्छ भने असहमतिका कुराहरु आ(आफ्नो घटकबाट गर्ने(गराउने गर्नुपर्छ १ तर त्यसका विपरित गर्ने अर्थात् यही मोर्चाबाटै आफ्ना सबै कुराहरु गर्न(गराउन खोज्नेहरुलाई आन्दोलन विरोधीको रुपमा बुझ्ने र सो अनुसार तत्काल कार्वाही गर्नु(गराउनुपर्छ ।

१२- यसप्रकारको मोर्चा र आन्दोलन निर्माण र संचालन अभियानलाई राष्ट्रिय ९ केन्द्रीय ० मात्र होइन बरु अविलम्ब अन्तर्राष्ट्रिय र स्थानीय स्तरसम्म पनि विस्तारित र विकसित गर्नुपर्छ र एकैदिन सबै ठाउँमा एउटै प्रकारका संघर्षका कार्यक्रमहरु सम्पन्न गरेर निर्णायक आन्दोलनमा बदल्नु पर्दछ ।

१३-संयुक्त आन्दोलनका दुई मुख्य तरिका छन् (

एक लक्षरनिशाना एक मोर्चा वा एक लक्षरनिशाना अनेक मोर्चा १ यी दुई मध्ये राम्रो र प्रभावकारी पहिलो हुन्छ भने दोस्रो पनि हाम्रो अनुभवमा सफल तरिका हो । त्यसैले अहिलेको ःऋऋ खारेजीका लागि यही भाद्र २३ गतेदेखि माइतीघर मण्डलाबाट दिउँसो १ बजे सुरु हुँदै गरेको संयुक्त आन्दोलन पहिलो तरिकाले चल्ने(चलाउने प्रयत्न गरिंदै छ ।

१४- तथापि यसप्रकारको संयुक्त आन्दोलनमा आफ्ना केही वैचारिक, सांगठनिक वा व्यावहारिक आदि मतभेदका कारण संयुक्त हुन नसकेका र नसक्ने शक्ति र व्यक्तिहरु पनि ःऋऋ खारेज गर्ने लक्षरनिशाना एक र अनेक मोर्चाको तरिकाले एउटै निशानामा विभिन्न मोर्चाबाट प्रहार गर्ने दोस्रो तरिका अवलम्बन गरेर पनि आन्दोलनलाई सबल र सफल तुल्याउनु अत्यावश्यक छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु