अखिल नेपाल लेखक सङ्घद्वारा एमसीसी परियोजना खारेज गर्न माग

२०७८ भाद्र २२ गते, मंगलवार


काठमाडौँ । अखिल नेपाल लेखक सङ्घले सिङ्गो देश एमसीसीको विपक्षमा उभिएको बेला नेपालको संसद्‌बाट एमसीसी परियोजना पास गराउन अमेरिकी उच्च अधिकारीहरूको दौडधुपप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै यो सम्झौता हिन्द प्रसान्त रणनीति अन्तर्गत रहेको अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको बताएको छ । सो सङ्गठनका अध्यक्ष शोभा दुलाल र महासचिव खोमा तरामु मगरले वक्तव्य जारी गर्दै एमसीसीको उद्देश्य अमेरिकाले अन्तरदेशीय प्रसारण लाइनका क्षेत्रमा आर्थिक सहयोग गर्ने बहानामा दक्षिण एसियामा चीनको प्रभाव रोक्ने, नेपाल लगायत दक्षिण एसियामामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने र नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने रहेको बताएका छन ।
वक्तव्यमा अहिले देउवा–प्रचण्ड गठबन्धनको सरकारले नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्दै एमसीसीको विरोध गर्नेहरूलाई निगरानी गर्ने र कारवाही गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिइएकोमा घोर निन्दा एवम् भत्र्सना गरेको छ । वक्तव्यमा राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध उभिन सम्पूर्ण लेखक, साहित्यकार एवम् संस्कृतिकर्मीहरूलाई अपिल गरिएको छ ।
वक्तव्यमा दार्चुलाको मालघाटस्थित तुइनमा झुन्डिएर महाकाली नदी पार गर्न लाग्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले रूखमा बाँधिएको तुइनको तार काटिदिएपछि खसेर बेपत्ता भएका जयसिंह धामीको हत्यामा संलग्न भारतीय सुरक्षाकर्मी विरूद्ध कारवाही प्रक्रिया अगाडि नबढेकोले भारत सरकारसँग पहल गरी तत्काल कारवाही गर्नसमेत जोडदार मागसमेत गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

‘चितवन दर्पण’ विमोचन

२०७८ आश्विन ६ गते, बुधबार

कथित संविधान …

२०७८ आश्विन ३ गते, आईतवार

म र मेरो देश

२०७८ आश्विन १ गते, शुक्रबार

यस्तै छ यहाँ

२०७८ भाद्र २० गते, आईतवार