नेकपा र सरकारबीच निरन्तर छलफलमा जुट्ने सहमति

२०७८ भाद्र १९ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडबीच शुक्रबार अपरान्ह भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेकपाका नेता – कार्यकर्ताहरु रिहाईको बिषयमा यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासंग भएको भेटवार्ताको प्रसंग कोट्याउदै अझै पनि नेकपाका नेता कार्यकर्ता जेलमा रहेको जनाउदै तत्काल रिहा गर्न गृहमन्त्री खाॅडलाई आग्रह गरेका थिए भने गृहमन्त्री खाॅडले रिहा गर्ने प्रक्रिया जारी रहेको बताउदै सो कार्यलाई छिटै टुंगोमा पुर्याउने बताएका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडबीच भएको सो भेटवार्तामा दार्चुलाको तुईन घटनाको बिषयमासमेत छलफल भएको बताइएको छ । प्रवक्ता प्रकाण्डले सरकारद्वारा गठित छानबिन समितिले समेत भारतीय एसएसबीकै कारण जयसिंह महाकालीमा खसेर बेपत्ता भएको किटानी गर्दै प्रतिबेदन बुझाइ सकेको हुदा अन्तर्राष्ट्रिय कानुन बमोजिम दोषीलाई तत्काल कारबाही गराउन परराष्ट्र मन्त्रालयमार्फत पहल गरि टुंगोमा पुर्याउनु पर्ने बताउदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन आग्रह गरेका थिए भने गृहमन्त्री खाॅडले उक्त बिषयमा आफु गम्भीर भएको बताएका थिए । यसैगरी , उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्डले एमसिसिबारे संचार माध्यममा भै रहेका चर्चाको बारेमा गृहमन्त्री खाॅडको ध्यानाकर्षण गराएका थिए ।
यसैगरी , नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडबीच भएको उक्त भेटवार्तामा देशको जटिल राजनीतिक अवस्थाको बारेमा समेत छलफल भएको बताइएको छ । भेटवार्तामा देशको राजनीति दिनप्रतिदिन जटिल र गम्भीर बन्दै गएकोले यसको अग्रगामी समधान खोज्नु आबश्यक भएको बिषयमा छलफल गर्दै यसको निम्ति सरकार र नेकपा निरन्तर छलफल जुट्ने सहमतिसमेत भएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु