जनमत संग्रह अनिबार्य

२०७८ भाद्र १८ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटवाट देश र जनतालाई मुक्त पार्न  जनमत संग्रह अनिबार्य भएको ठोकुवा गरेका छन ।  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको  केन्द्रिय समितको चौथो तथा सातौ राष्ट्रिय सम्मेलन आयजोक समितको बैठकलाई सम्बोधन गर्दै   प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् ।  प्रवक्ता प्रकाण्डले   जनमत भनेको जनताले  आफ्नो अधिकारको  स्वनिर्णय गर्ने कार्य  भएकोले आफ्नो पार्टीले सो  नीति अंगालेको बताउदै देशका सम्पूर्ण मजदुरलाई जनमत संग्रहको पक्षमा लामबद्ध हुन् अपिल  गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंलाई यस कार्यमा कटिबद्ध भएर लाग्न निर्देशन समेत दिएका छन । 

 प्रवक्ता प्रकाण्डले कम्युनिस्ट आन्दोलनलाई बिकसित विचार र  नया तरिकासहित स्थापित गर्न पार्टी लागि परेको बताउदै सडकमा भौतारिएका क्रान्तिबिरोधि तत्वहरुको कुरा सुनेर नभई आफ्नो पार्टीको लाइन , नीति र निर्देशनअनुसार   काम गर्न निर्देशन दिदै क्रान्तिको काम खराबीको अन्त्य गर्नु भएको र कम्युनिस्ट नेताको काम त्यसको नेतृत्व गर्नु रहेकोले समय र गतिलाई सहि तरिकाले बुझ्दै नेतृत्वले समाधान गर्नु पर्ने बताए । 

प्रवक्ता प्रकाण्डले दलाल पूंजीवादी नेतृत्वको नालायकीपनाका कारण   ससदीय व्यवस्था धाराशायी हुने अवस्थामा पुगेको र     नेपाल कम्युनिस्ट पार्टीको सचेतनाले गर्दा  पार्टीप्रति जनविश्वास बढेको बताउदै नेपाल कम्युनिस्ट पार्टीका बिरुद्धमा क्रन्तिबिरोधि तत्वहरु नया जामा पहिरिएर आएको बताउदै ति तत्व भन्दा श्रेष्ठ भएर लडन निर्देशनसमेत दिएका छन  । 

 प्रवक्ता प्रकाण्डले तत्कालिन सरकारसंग भएको    बार्ताको प्रसंग कोट्याउदै पार्टीले गरेको वार्ता र पहिले भएको वार्तामा धेरै फरक भएको बताएका छन ।  उनले भने – ‘हामीले गरेको वार्ता र पहिलेका वार्तामा धेरै फरक छ किनभने यस वार्तामा सम्पूर्ण पहल हामीले लिएर नै वार्ता गरेका छौ जसले  नेपालको इतिहासमा छुटै महत्व राखेको छ  । ‘

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुखआतिथ्यतामा ,   केन्द्रीय सदस्यीय  मिलनको  विशेष उपस्थिति र संयोजक बिनोद थापाको अध्यक्षतामा   सम्पन्न भएको  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको  केन्द्रिय समितको चौथो    बैठकले आगामी असोज १६, १७ , १८ गते काभ्रेमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघंको  सातौ राष्ट्रिय सम्मेलन गर्ने निणयसमेत गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु