गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न आदेश

२०७८ भाद्र १७ गते, बिहीबार


काठमाडौं । भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि अदालतले आदेश दिएको छ । देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्नुपर्ने उच्च अदालतको आदेशमा भनिएको छ ।
गौहत्याको आरोप लागेका जावेद नामका ब्यक्तिको मुद्दाको सुनुवाईका क्रममा इलाहावाद उच्च अदालतले बुधबार यस्तो आदेश दिएको हो । साथै सो अदालतले गौहत्याको आरोप लागेका ती ब्यक्तिलाई जमानतमा रिहा गर्न पनि अस्वीकार गरेको छ । सो अदालते गाई खान पाउनुपर्छ भन्ने विषय कसैगरी पनि मौलिक अधिकार हुन नसक्ने ठहर गर्दै मार्ने भन्दा बचाउने अधिकारको संरक्षण हुनुपर्छ भनेको छ । हिन्दूले मात्रै नभई मुस्लिमहरुको शासनकालमा समेत भारतमा गाईको महत्व स्वीकार गरिएको भन्दै आदेशमा गौहत्यालाई कुनै पनि बहानमा जायज मान्न सकिदैन भनिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु