पतनको मुख्य कारण : भ्रष्टाचार र दलालीकरण

२०७८ भाद्र १४ गते, सोमबार

विष्णु पन्त

१. पतनको मुख्य कारण भ्रष्टीकरण र दलालीकरण – आज अफगानिस्तानमा भएको सत्ता परिवर्तनको चर्चा विश्वभर भइरहेको छ । अमेरिका र नेटो सम्बद्ध राष्ट्रहरुको सैन्य सहयोगका बाबजुद पनि कसरी तालिबानहरु सत्ता कब्जा गर्न सफल भए भन्ने विषयमा थुप्रै संश्लेषणहरु गरिएका छन् । धेरैको निष्कर्ष छ, अफगान सरकारको पतनको मुख्य कारण हो– भ्रष्टीकरण र दलालीकरण । अफगानिस्तानमा भ्रष्टाचार यति मौलाएको थियो कि त्यहाँ सरकारप्रति जनताको विश्वास नै थिएन । जुन देशमा भ्रष्टाचारको नियन्त्रण हुँदै त्यहाँ सबै चीजको मोलमोलाई वा किनबेच हुन्छ । मन्त्री, सांसदको किनबेच, नेताहरुको किनबेच, अदालत र न्यायाधीशको किनबेच अनि कर्मचारी, प्रहरी र सेनाको किनबेच । भ्रष्टाचारले राज्य र सम्पूर्ण समाजलाई ध्वस्त बनाउँछ । सम्पूर्ण विश्वले सुनेको घटना हो– अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भाग्दै गर्दा पैसा, सुन, हीरा मोती लिएर भागेर थिए । अनि गाडीमा वा हेलिकप्टरमा नअटेका पैसाहरु त्यत्तिकै छाडिदिएका थिए । सत्ताच्यूूत भएर देशबाट भाग्ने शासकहरुको हालत यस्तै हुन्छ । तस्बीर कति भयावह छ, अफगानिस्तानको सेना घानी सरकारको बचाउका लागि लड्न तयार भएन किनकि उनी विदेशीको दलाल वा कठ्पुतली थिए र उनले सम्पूर्ण अफगानिस्तानलाई भ्रष्टाचारमा डुबाएका थिए । त्यसकारण जब राजनीतिमा भ्रष्टीकरण हुन्छ तब सत्ता व्यवस्था वा नेतृत्वका लागि लडिदिने कोही पनि हुँदैन । भनिन्छ तालिबानसँग जम्माजम्मी ६० हजार मात्र सैन्य तालिम लिएका वा हतियार चलाउन सक्ने सेना थिए । आजको विश्वका लागि मूल प्रश्न छ ः कसरी ६० हजार तालिबान सेनाले ३ लाख सरकारी सेनालाई कब्जा गरे ? यो कुरा स्पष्ट छ कि, राष्ट्रपति असरफ घानी रक्तपात नहोस् भनेर देश छाडेर भागेका होइनन् । सबैलाई थाहा छ, अफगानिस्तानमा तालिबान सरकारको विस्थापन हवाई हमलाबाट गरिएको थियो । जो रक्तपातपूर्ण विदेशी हस्तक्षेपको प्रयोगबाट सत्तामा आएको छ उसले रक्तपात रोक्नका लागि म भागेँ भन्ने कुरा सुहाउने विषय होइन । सत्य यो थियो कि उनको सत्ताको बचाउका लागि सरकारी सेना लडिदिने अवस्थामा थिएन । जब सत्तामा भ्रष्टाचार, दलालीकरण अनि अन्याय बढ्छ तब त्यो सत्तालाई बोकेर हिँड्ने कोही हुँदैन । कतिपय विश्लेषकहरुले भनेका छन्– अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको निर्णय पनि सरकारको चरम् अलोकप्रियताका कारण भएको थियो । अमेरिका पनि त्यो बिन्दुमा पुुग्न बाध्य भयो कि अब पनि त्यहाँ रहिरहेमा अमेरिकाले झन् ठूलो मूल्य चुकाउने अवस्था बन्थ्यो ।

उता भ्रष्टीकरण र दलालीकरणका विरुद्ध तालिवानहरुले संघर्षलाई चर्काइरहे । उनीहरुको मुख्य नारा थियो– राष्ट्रिय स्वाधीनता र जनताको स्वतन्त्रता । अन्तत्वगत्वा अमेरिकालगायतका शक्ति राष्ट्रहरुको ठूलो सहयोग, संरक्षण र लगानी हुँदाहुँदै पनि घानी सरकारको केही चलेन । देश छाड्ने बेलामा घानी सरकारको बाध्यात्मक नारा बन्यो– शान्तिपूर्ण सत्ता हस्तान्तरण । लड्न सक्दासम्म उ लडेकै थियो र नसक्ने अवस्था उत्पन्न भएपछि यो नै अन्तिम विकल्प थियो ।

२. भ्रष्टीकरण र दलालीकरणमा नेपाल – नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा पछि जनताले ठूूलो परिवर्तनको अपेक्षा गरेका थिए । तर, आज सर्वस्वीकार्य तथ्य एउटै होला– गणतन्त्र लुटतन्त्रमा परिणत भयो । सबैलाई थाहा छ, आजको मुख्य समस्या भ्रष्टाचार र दलाल पुँजीवाद हो । यो व्यवस्था प्रयोग र अभ्यासका हिसाबले गणतन्त्र नभएर दलाल संसदीय व्यवस्थामा परिणत भयो । गणतन्त्रको अभ्यास नै भएन र देशलाई परिवर्तनतिर लैजाने दिशामा कुनै पनि संसद्वादी दलहरु तयार भएनन् । आज भ्रष्टाचारको छानबिन गर्न कोही तयार छैनन् किनकि निष्पक्ष छानबिन भएमा सबै मुछिन्छन् । आजको विज्ञान र प्रविधिको युगमा भ्रष्टाचारको सहजै छानबिन गर्न सकिन्छ । सम्पत्ति शुद्धिकरणमा प्रत्येक नागरिकलाई राज्यले ध्यान केन्द्रित गर्न सक्छ तर, यहाँ छाडातन्त्र र अराजकता छ । जो भ्रष्ट छ, दलाल छ, उही सत्तामा हाबी छ । सबै पूर्वप्रधानमन्त्री र मन्त्रीहरु करोडौं र अरबौं भ्रष्टाचारमा मुछिएका छन् । त्यसकारण रिस उठ्दा एकले अर्कालाई गाली गर्ने अनि तर्साउने माध्यम बनेको छ भ्रष्टाचार ।

संसद्मा भ्रष्टाचारको आरोप–प्रत्यारोप चलेको हामीले सुनेका छौं । तर, अधिकार सम्पन्न निष्पक्ष र स्वतन्त्र छानबिन आयोग बनाउन कोही तयार छैनन् किन ? किनकि भ्रष्टाचार नै राजनीतिको मूलमन्त्र वा मूल रणनीति बनेको छ । मान्छेहरु भन्छन् राजनीति गर्नेको एकदिन पालो आउँछ । बहुदलीय व्यवस्था आएपछि वर्गउत्थान नभएका नेताहरु कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइराला मात्र होलान् । स्वभाविक छ केन्द्रमा जुन प्रवृत्ति छ त्यो तल फैलिँदै जान्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार सबै चुर्लुम्मै डुबेका छन् । भ्रष्ट व्यवस्थामा बाबुसँग छोराले अनि श्रीमतीसँग श्रीमान्ले पनि कमिशन खाने मनोवृत्ति हुँदोरहेछ ।

किन यति विघ्न भ्रष्टाचार गणतन्त्र पछि मौलायो ? पञ्चायत कालमा यति विघ्न र नाङ्गो भ्रष्टाचार थिएन । भ्रष्टाचारको जड भनेकै राज्य संयन्त्र हो । हाम्रा नेताहरुले जानी बुझीकनै भ्रष्ट संयन्त्रको विकास गरेका छन् । हाम्रा नेताहरुले भ्रष्टाचार नियन्त्रणको उपाय नअपनाउनुुको पछाडि उनीहरुको लुप्त वा अदृश्य स्वार्थ जिम्मेवार छ । भ्रष्टाचार सम्पत्ति विवरणबाट होइन उसको जीवनशैली र आसेपासेहरुको अनुसन्धानबाट पत्ता लाग्छ । हाम्रा नेताहरुले कार्यकर्ता र जनतालाई भ्रममा पार्ने अनेक झुटा नाटक गर्छन् । त्यसमध्येको एक हो झुटा सम्पत्ति विवरण । उनीहरुले बुझाएका सम्पत्ति विवरणभन्दा बढी आम्दानीका स्रोतलाई अवैध बनाउन सक्ने क्षमता वा शक्ति राज्यसँग हुनुुपर्छ । यहाँ त करोडौं खाएर टिकट दिने, मन्त्री सांसद बनाउने संस्कृति नै बसेको छ । दलालीकरण त्यस्तै छ । सत्ताको खेल खेल्नेहरु भारत र अमेरिकाको दलालीकरण गर्दछन् । सत्ता बदल्नका लागि सम्झौता वा वाता गर्नका लागि बिरामीको नाटक गरी विदेशी अस्पतालमा जान्छन् । दलाली गरेर भित्तामा पु¥याउँछु भन्दै भाषण गर्छन् । हुँदा–हुँदा दलाल नबन्ने बाँच्ने नसक्ने अवस्था बन्यो र यो कहालीलाग्दो अवस्था हो ।

३. देशका लागि संसद्वादको अन्त्य- यो संश्लेषण सही छ कि गणतन्त्रको पतन दलाल संसदीय व्यवस्थामा भयो । अर्को शब्दमा भन्दा राजतन्त्रको अन्त्य पछि गणतन्त्रको नाममा दलाल संसदीय व्यवस्थाको पुनरावृत्ति भयो । गणतन्त्र आज लुटतन्त्र र दलालतन्त्रका रुपमा बद्नामित भयो । आज राजतन्त्र ठिक कि गणतन्त्र बेठिक भनेर जनमत संग्रह भएका राजतन्त्र विजयी हुने कहालीलाग्दो अवस्था बनाइयो । प्रचण्डको शब्दमा राजतन्त्रको अन्त्यपछि मुख्य तीनवटा उपलब्धि भए ती हुन्– गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता । आज मान्ेछहरुले संघीयता भन्न पनि डराउनु पर्ने अवस्था बन्यो किनकि जनता संघीयतालाई धेरै राजाहरु पाल्ने वा जन्माउने व्यवस्थाका रुपमा बुुझे । आज ७०÷८० प्रतिशत मान्छेहरु संघीयता खारेज गर्नुपर्छ भन्दैछन् । होली वाइन र क्रिश्चयनीकरणका कारण धर्मनिरपेक्षतामाथि पनि बद्नाम हुँदैछ । उता गणतन्त्र केवल नाम भयो र यो मूलतः दलालतन्त्र र लुुटतन्त्रका रुपमा बदनामित भयो । कुुनै पनि राज्य व्यवस्थाले मूलतः दलालतन्त्र र लुुटतन्त्रका रुपमा बदनामित भयो ।

कुनै पनि राज्यव्यवस्थाले मूूलतः जनताको जीवनस्तर र देशको स्वाधीनतालाई माथि उठाउनुु पर्छ । हाम्रोमा आर्थिक रुपमा एउटा नवधनाढ्य वर्गको विकास भयो त्यौ नै यो व्यवस्थाको पतनको मुख्य सूचक थियो । चप्पल र गोलस्टार जुत्ता लगाएर सहर पसेका नेताहरु रातारात करोडपति र अरबपति बने । सत्ताको आडमा बनेको यो नवधनाढ्य वर्गले समाजमा ठूला–ठूला विकृति र विसंगतिहरु ल्यायो । भ्रष्टीकरणको योभन्दा ठूलो नमूना के हुन्छ ? आज कुनै पनि यस्तो मन्त्री, प्रधानमन्त्री र नेता छैन जो करोडौं र अरबौं सम्पत्ति जम्मा गरेको नहोस् ? कहाँ गए ती क्रान्तिकारी आदर्शहरु ? क्रान्तिकारी आदर्शहरु प्रतिक्रान्ति र प्रतिक्रियावादी चिन्तनमा पतन भए । यो आर्थिक अराजकता र विशृङ्खलाताविरुद्ध जनआक्रोश बढ्दो छ । आज नेताहरु र भ्रष्टहरुलाई जेल हाल्ने जुन शक्ति आए पनि जनताले समर्थन गर्ने अवस्था बन्दै छ । प्रतिबिम्बका रुपमा जनताले स्वतः स्पूmर्त रुपमा भन्दै छन्– विप्लव आऊ देश बचाऊ वा राजा आऊ देश बचाऊ ।

आज सर्वत्र अनुुशासनहीनताको पराकाष्ठा छ । राज्यका कुनै पनि अंगमा विश्वसनीयता छैन । दलहरुभित्रको अराजकता हेरिनसक्नु र लाजमर्दो छ । सत्ता लिप्सा र सत्तालोलुपताले दलहरुलाई विश्वासको संकट उत्पन्न भएको छ । कुन पार्टी कतिबेला टुक्रिने हो भनेर भन्न नसकिने अवस्था बन्दै छ । पार्टी एकातिर छ सम्बन्ध अर्कोतिर छ । दलहरुबीचका अप्राकृतिक समीकरणहरुले संसदीय व्यवस्थाभित्रका खराबीहरुलाई प्रष्ट्याएका छन् । आजका संसदीय बहसहरु फगत व्यक्ति केन्द्रित बनेका छन् । व्यक्ति र सत्तालाई केन्द्रमा राखेर अनावश्यक र झुटा दस्तावेजीकरणमा दलहरु व्यस्त बनेका छन् । आजको आवश्यकता हो राष्ट्रिय एकता । त्यो पनि नयाँ आधारमा नयाँ बृहत् राष्ट्रिय एकता । मुलुकमा संसदीय व्यवस्थाले धेरै ठूला–ठूूला विकृतिहरु मात्र बिजारोपण ग¥यो । संसदीय व्यवस्थालाई बदल्नुको विकल्प हामीसँग छैन् ।

४. नेपालमा पनि नया तालिबानको आवश्यकता बढ्दो – अफगानिस्तानमा जस्तै यहाँका संसदीय दलहरु भ्रष्टाचार र दलालीकरणमा डुबे । त्यहाँ जस्तै लगभग सबै संसद्वादी नेताहरु अरबपति वा नवधनाढ्य वर्गमा परिणत भए । भ्रष्टाचारको विषयमा त सामान्य छानबिन पनि हुन छाड्यो । भ्रष्टाचारको छानबिन गर्न थाले सत्ता नै ढल्ने अवस्था बन्यो । पुराना दल र नेतृत्वबाट भ्रष्टाचारको छानबिन नियन्त्रण दुवै हुन सक्दैन, त्यो त समयले प्रमाणित गरिसक्यो । निष्पक्ष छानबिन गर्ने हो भने आफैं जेल जानुुपर्ने हुन्छ । फेरि पनि यो लुटतन्त्रलाई कहिलेसम्म चल्न दिने ? भ्रष्टीकरण र दलालीकरणको हिसाबले नेपाल पनि अफगानिस्तानभन्दा कम छैन । त्यसकारण तालिबान जस्तै एउटा राष्ट्रवादी शक्तिको खाँचो प¥यो नेपालमा । कहिलेसम्म यो अस्थिरताको शिकार बनिरहने ? कहिलेसम्म यो सत्ता लिप्सा र सत्ता लोलुपताको रमिते बनिरहनु पर्ने ? कहिलेसम्म भ्रष्टाचारमा डुबेका उनै पुरानै नेताहरुको कोतपर्वहरुको षड्यन्त्रलाई नियालिरहनु पर्ने ? समयले एउटा नयाँ विद्रोहको माग गरेको छ । कम्तीमा भ्रष्ट र दलालहरुलाई ठेगान लगाउने एउटा परिवर्तन तुरुन्तै चाहिएको छ ।

प्रतिक्रियाहरु