देशभर बदली: मेघ गर्जन र चट्याङ्गसहित वर्षाको संभावना

२०७८ भाद्र ११ गते, शुक्रबार


काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्विनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुने र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिनभर वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २४ देखि २६ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३१ मिनेटमा हुनेछ ।

प्रतिक्रियाहरु