‘ खानेपानी संस्थालाई राजनीतिक दलको क्रिडास्थल नबनाउ’

२०७८ भाद्र १० गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उप–महानगर कमिटीले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सबै राजनीतिक दल, स्थानीय सरकार, सरोकारवाला निकाय र उपभोक्ताहरू बीचमा सर्वपक्षीय छलफल गरि निकास निकाल्न आग्रह गर्दै संस्थालाई राजनीतिक दलको क्रिडास्थल नबनाउन आग्रह गरेको छ । यस बिषयमा तुलसीपुर उप–महानगर इन्चार्ज/सेक्रेटरी विकाशद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “संस्थाको प्रगतिमा कुनै बाधा वा हिनामिना भएको छ भने साधारण सभामा प्रष्ट रुपमा राख्नुपर्ने र आलोचना गर्नुपर्ने हुँदाहुँदै पनि आन्तरिक रुपमा संस्थाको छलफल र बैठकबाट हल गर्नुपर्ने विषयहरूमा कार्यसमितिका सदस्यहरूबाट कुनै छलफल नगर्ने तर संस्थाकै विरुद्धमा लागेका केही व्यक्तिहरूसँग मिलेर अख्तियारदेखि अदालतसम्म धाउने प्रवृतिको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु