जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना अनिबार्य

२०७८ भाद्र ९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले अहिलेको सरकार दलाल पूँजीवादीहरुको सरकार भएको ठोकुवा गर्दै दलालहरुको सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरि जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी दाङको दोस्रो पूर्ण बैठकलाई सम्बोधनगर्दै नेता बुढामगरले सो कुरा बताएका हुन् । नेता बुढा मगरले केही प्रतिक्रियावादी तत्वहरुले संसदीय निर्वाचनमा भाग लिन्छन् भनेर भ्रम छरेको समेत बताउदै भने – ”हामी संसदीय व्यवस्थाको विरुद्ध निर्मम संघर्षमा छौँ, व्यवस्था परिवर्तनका खातिर आवश्यक परे बलिदान गर्छौँ ।”एक फरक प्रसंगमा नेता विषमले कम्युनिस्टहरुलाई केहि कथित लोकतन्त्रवादी भन्नेहरुले तानाशाही, अधिनायकवादी र लोकतान्त्रिक हुदैनन् भन्ने गरेको प्रति कडा प्रतिवाद गर्दै जनमत संग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमत संग्रह घोषणा गरि जनमत लिन चुनौती दिए ।शान्तिपूर्ण ढंगबाट जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन माग गर्दागर्दै राज्य तयार नभए जनताले विद्रोह गर्ने नेता विषमको उद्घोष थियो ।नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले संसदवादीहरुले जनताका विरुद्ध बल प्रयोग गरे आफूहरुले शासकहरुका विरुद्ध बल प्रयोग गर्ने बताए । उनले भने, ”हामी शान्तिपूर्ण ढंगले व्यवस्था परिवर्तन चाहन्छौं तर राज्य तयार नभए बिद्रोह गर्ने सार्वभौम अधिकार जनताको हुन्छ । ”युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले संसदीय व्यवस्था पूर्ण रुपले असफल भइसकेको बताउदै नेपालमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था निर्विकल्प आवश्यक भएको बताए ।नेकपा विशेष कमिटी सदस्य सीता विक ‘सम्झना’ले जनयुद्धका अपुरा सपना आफूहरु पूरा गर्न बलिदान गर्न तयार रहेको बताइन् । उनले भनिन्, ”हामी जुन लक्ष्य,उदेश्य र प्रस्तावहरु लिएर जनयुद्ध लडेका थियौ त्यो पूरा भएका छैनन्, हामी निरन्तर क्रान्तिको यात्रामा छौं ।”नेकपा विशेष कमिटी सेक्रेटरी सुन्दरले मार्क्सवादलाई परास्त गर्न साम्राज्यवादले अनेक प्रयास गरिरहेको बताए । नेता सुन्दरले आफूहरु शान्तिपूर्ण राजनीति मार्फत क्रान्ति पूरा गर्ने अभियानमा केन्द्रित रहेको बताए । प्रतिबन्ध मार्फत आफूहरुलाई समुल नष्ट गर्ने योजनामा संसदवादी दलालहरु रहेको नेता सुन्दर भनाई थियो ।दुई दिन सम्म चलेको बैठकमा नेकपा दाङ जिल्ला कमिटी सदस्य, पालिका इन्चार्जहरु लगायत विशेष कमिटी सदस्यहरुले राजनैतिक/बैचारिक र सांगठनिक कामकारबाहीको विषयमा रिपोर्ट राखेका थिए भने समग्र जिल्ला कार्यालयको रिपोर्ट जिल्ला सेक्रेटरी प्रदीपले राखेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य विषमको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर, नेकपा बिवशेष कमिटी सदस्य सम्झना, युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनको आतिथ्य रहेको थियो भने बैठकको अध्यक्षता तथा संचालन जिल्ला सेक्रेटरी प्रदीपले गरेका थिए । भाद्र ७ र ८ गते दुई दिनसम्म चलेको उक्त बैठकले भाद्र १० देखि असोज १० सम्म अभियान चलाउने निर्णय गरेको बताइएको छ

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु