मेघ गर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना !

२०७८ भाद्र ८ गते, मंगलवार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजदेशका विभिन्न भू–भागमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनि प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै राति पनि प्रदेश नं १, गण्डकी प्रदेश, लुम्विनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु