नेकपाद्वारा अधिवक्ताहरुलाई सम्मान

२०७८ भाद्र ५ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एक कार्यक्रम आयोजना गरी अधिवक्ताहरुलाई सम्मान गरेको छ। सो पार्टीले प्रतिवन्धका क्रममा आफ्ना नेता कार्यकर्ता रिहाईका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं अधिवक्ताहरुलाई सम्मान गरेको हो । नेपाल कम्युनिस्ट पार्टी काठमाडौंको आयोजनामा जनयुद्धदेखि एकीकृत जनक्रान्तिको क्रममा राज्यद्धारा बिनाकारण झुठ्ठामुद्धामा फसाइएकाहरुको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायत अधिवक्ताहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनलगायत नेताहरुले अधिवक्ताहरुलाई सम्मान गरेका थिए ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीलगायत थुप्रै अधिवक्ताहरुले नेकपाका नेता कार्यकर्ताहरु बिनाकारण झुठ्ठा मुद्धामा जेल हिरासतमा रहेका पक्षबाट कयौंपटक बहस गरेका थिए । बहस गरेर आफ्ना नेता कार्यकर्ता रिहा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं पार्टीले सम्मान गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु