अफगानी फुटबलरको जहाजबाट खसेर मृत्यु

२०७८ भाद्र ४ गते, शुक्रबार


काठमाडौँ । अफगानिस्तामा तालिबानले कब्जा गरेपछि भाग्ने क्रममा अमेरिकी सेनाको जहाजबाट खसेर मृत्यु हुने एक जना फुटबलर भएको खुलेको छ । काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए । ती मध्ये एकजना फुटबलर भएको खुलेको छ ।
बीबीसीका अनुसार एकजना अफगानिस्तानको नेसनल युथ टिमका फुटबलर १९ वर्षीय जकी अनवरी रहेका छन् । उनको बारेमा थप विवरण भने खुलाइएको छैन । त्यसैगरी सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्को डाक्टर भएको बताइएको छ । अमेरिकी सेनाको उक्त जहाजमा ६४० जना अफगानी शरणार्थी रहेको थियो । उक्त जहाज कतारमा अवतरण भएको थियो । भोलिपल्ट विमानको पाङ्ग्रामा मानव अंग भेटिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु