चीनबाट ८ लाख डोज भेरोसेल खाेप आउँदै

२०७८ भाद्र २ गते, बुधबार


काठमाडौं । स्वास्थ्य सेवा विभागका अनुसार नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८ लाख डोज खोप भोली नेपाल आउने बताइएको छ । चीनबाट दुई दिन भित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।
यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ । नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार