आज १ अर्ब ६४ कराेड ७६ लाख ६ सय ५५ रूपैयाँकाे सेयर काराेबार !

२०७८ श्रावण ३१ गते, आईतवार


काठमाडौं । सेयर बजारमा आज एकैदिन १ अर्ब ६४ कराेड ७६ लाख ६ सय ५५ रूपैयाँकाे सेयर काराेबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज सेयर कारोबार रकम २१ अर्ब नघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यस अघि अघि १९ अर्ब ५५ करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भएको बताए । चालु आर्थिक वर्षक लागि गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो । मौद्रिंक नीतिले सेयर धितोमा जाने ऋणको सीमा अधिकतम १२ करोड तोकिदिएको छ भने सेयर मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने विद्यमान व्यवस्थालाई निरन्तरता दिएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबार आइतबार नेप्से परिसूचक भने घटेको छ ।
कारोबार खुलेको केही मिनेटसम्म नेप्से परिसूचक बढेको थियो । पछि पुनः घट्न सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदा पनि घटेरै बन्द भएको छ । आइतबार माएक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरु रहेको समूहगत सबइन्डेक्स बढेर हरियो देखिएको छ भने बाँकी सबै घटेका छन् । नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार