सुन तोलाको ९० हजार ७ सय रुपैयाँ

२०७८ श्रावण ३१ गते, आईतवार


काठमाडौ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेसँगै आज छापावल सुनको भाउ आज प्रति तोला ९० हजार ७ सय रुपैयाँ पुगेको जनाएको छ । यसैगरी महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार दुई सय रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको बृद्धि देखिएको छ । शुक्रबार एक हजार १८५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आजको मूल्य एक हजार २०५ रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु