सुपर कपकाे उपाधि चेल्सीलाई

२०७८ श्रावण २८ गते, बिहीबार

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान भएको खेलमा चेल्सीले भिल्ला रियललाई सडेनडेथमा हराएको हो । चेल्सीले चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
चेल्सीका लागि हाकिम जियाचले खेलको २७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि जेरार्ड मोरिनोले ७३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो । नयाँ सिजन सुरु हुनु अघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । गत सिजन च्याम्पियन्स लिग जितेको चेल्सीले यो सिजन पनि उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु