चार कम्युनिस्ट पार्टीद्वारा भारत सरकार र एसएसबीले घटाउदै आएका आपराधिक घटना नियन्त्रण र बन्द गर्न माग

२०७८ श्रावण २३ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले नेपाल भारत सिमा क्षेत्रमा भारत सरकार र त्यसको एसएसबीले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत भारतीय नरेन्द्र मोदी सरकारसंग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा क्रान्तिकारी माओवादी, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले शनिबार संयुक्त रुपमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाउदै सो माग गरेका हुन् । चार कम्युनिस्ट पार्टीले सिमा क्षेत्रमा नेपाल सरकारले अपनाएको उपेक्षापूर्ण व्यवहारका कारण भारत सरकार र त्यसको एसएसबीवाट बारम्बार ज्यादती हुने गरेको भन्दै सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, जनताका लागि आर्थिक उत्पादनका साधनहरुको उचित प्रबन्ध, बजार र सुरक्षाको प्रत्याभूति, नागरिकको स्वाभिमान र सम्मानपुर्वक बाँच्ने अवस्थाको सृजना हुने व्यवस्था तुरुन्त गरीयोस भनि सरकारसंग जोडदार मागसमेत गरेका छ । उनीहरुले राज्यको सहि नीतिले मात्र जनताको स्वाभिमान र सुरक्षाको प्रत्याभूति दिन सक्छ भत्रे तथ्य प्रधानमन्त्री देउवालाई अवगत गराउदै अन्यथा भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन ।


यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण , नेकपाका अध्यक्ष ऋषि कट्टेल र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ज्ञापन पत्रको पूर्ण विवरण यस प्रकार रहेको छ –
” सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु,
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
सिँहदरवार, काठमाण्डौँ ।

बिषयः– ज्ञापन पत्र

१) श्रावण १५ गते बिहान ८ देखि ९ बजेको बीचमा दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न. २ निबासी ३३ वर्षिय नेपाली युवा जयसिँह धामी गाँउबाट सदरमुकाम खलंगा जाने क्रममा मालाघाट भन्ने ठाँउमा महाकाली नदी तुईनबाट तरिरहेको बेला भारत उत्तराखण्ड राज्यको पांगनमा रहेको भारतीय सिमा सुरक्षा बल (क्क्द्य) ले तुईनको लठ्ठा खोली दिएपछि श्रावणको उर्लिदो महाकली नदीमा खसे । आज ९ दिन बिती सक्दा पनि जयसिँह धामी वेपत्ता अबस्थामा छन । नेपाली नागरिक तुईन तरिराखेको देख्दा देख्दै तुईनको लठ्ठा खोल्ने क्क्द्य को रवैया मैमत्तापुर्ण, हस्तक्षेपकारी, अमानविय र स्वाधिन नेपाल राष्ट्र र सार्वभौम नेपाली जनताको विरुद्धमा छ । यो जयसिहँ धामीको राजनितिक र मानवअधिकारका खिलापको जंगली, आततायी र मानवता विरोधी अक्षम्य अपराध हो । उक्त षड्यन्त्रमुलक घटना प्रति हामी चार कम्युनिष्ट पार्टी चरम आक्रोस व्यक्त गर्दै यसको घोर निदा र भ्रत्र्सना गर्दछौँ ।
२) विगत २९ बर्षदेखि (०५९–०७८) तुईन संचालन गर्दै आएका प्रत्यक्षदर्शी कल्याणसिँह धामी, वेपत्ता जयसिँह धामी संगै गएका, तुईन तर्न पालो पर्खी राखेका स्थानीय विक्रम रंकोली र अमिता धामीका अनुसार क्क्द्य ले नियोजित रुपमा तुईनको लठ्ठा खोलीदिएको प्रमाणित हुन्छ । आज डेढ हप्ता बित्दा पनि जयसिँह धामीको अवस्था अज्ञात हुनु नेपाल र नेपाली जनताको निम्ति निकै सरकोकारमुलक, चिन्ताजनक र असैह्य विषय हो । तसर्थ, नेपाल सरकारले सिघ्रताका साथ घटनाको छानवीन गरी नेपाली जनता सामु वास्तविकता सार्वजनिक गर्न, अपराधमा संलग्न क्क्द्य माथी हदै सम्मको कारवाहीको निम्ति भारतीय नरेन्द्र मोदी सरकारसंग प्रभावकारी पहल गर्न, पिडित पक्षलाई न्याय दिलाउन र वेपत्ता जयसिँह धामीका परिवारलाई उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री ज्यु संग हामी चार पार्टी जोडदार माग गर्दछौ ।
३) नेपाल भारत सिमा क्षेत्रमा भारत सरकार र त्यसको एसएसबीले हाम्रो राष्ट्र र नेपाली जनताका विरुद्ध श्रृंखलाबद्ध रुपमा घटाउदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाईपुर्वक नियन्त्रण र बन्द गर्न प्रधानमन्त्री ज्यु मार्फत भारतीय नरेन्द्र मोदी सरकारसंग माग गर्दछौ । अन्यथा हामी भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन बाध्य हुने छौ ।
यस प्रकारका घटनाहरु सिमा क्षेत्रमा नेपाल सरकारले अपनाएको उपेक्षापूर्ण व्यवहारका कारण बारम्बार हुने गरेका छन् । सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, जनताका लागि आर्थिक उत्पादनका साधनहरुको उचित प्रबन्ध, बजार र सुरक्षाको प्रत्याभूति, नागरिकको स्वाभिमान र सम्मानपुर्वक बाँच्ने अवस्थाको सृजना हुने व्यवस्था तुरुन्त गरीयोस भत्रे हाम्रो जोडदार माग रहेको छ । राज्यको सहि नीतिले मात्र जनताको स्वाभिमान र सुरक्षाको प्रत्याभूति दिन सक्छ भत्रे तथ्य प्रधानमन्त्री ज्यु लाई अवगत गराउन चाहन्छौ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु