नेविको बिस्कुट कारखानामा आगलागी

२०७८ श्रावण २३ गते, शनिबार


काठमाडौं । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । गएराति २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव छैन । अहिले हेलिकप्टर फर्किसकेको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको प्रहरीको भनाइ छ ।आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु