भारतीय भुमिवाट दार्चुला घटनाको निरीक्षण गर्ने गृहका टोली स्थानीयद्वारा लखेटिए (भिडियोसहित)

२०७८ श्रावण २२ गते, शुक्रबार


काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुईन काटेर दार्चुला व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटनाको निरीक्षण गर्न पुगेका गृह मन्त्रालयका टोलीले भारतीय भुमिवाट घटनाको निरीक्षण गर्न थालेपछि स्थानीय जनता आकोषित हुदै उनीहरुलाई त्यहाबाट लखेटेको बताइएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ ज्योत्सना भट्टलागयातको टोलीले दार्चुला घटनाको निरीक्षण भारतीय भुमिवाट गर्न थालेपछि स्थानीय जनता आक्रोशित भएका हुन्। उनीहरुले उक्त घटनामा स्थानीय जनता र घटना स्थल नजिकको नेपाली सुरक्षा निकायसंग कुनै छलफल नगरी भारतीय सुरक्षा निकायको घेरामा बसेर उक्त घटनाको निष्पक्ष छानबिन हुन् नसक्ने भन्दै निरीक्षण टोलीमाथि जाई लागेको एक स्थानीयले बताए । स्थानीय जनताले घटनाको निरीक्षण गर्न पुगेका गृह मन्त्रालयका टोलीमाथि नेपाल तर्फवाट ढुंगा बर्साउन थालेपछि टोली निरीक्षण गर्ने कार्य बिच मै रोकेर फर्किन बाध्य भएको प्रत्यक्षदर्शिको भनाइ छ ।
नेपालतिरबाट छानबिन समिति नआएको भन्दै स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर नाराबाजी गरेका थिए । उनीहरुले राष्ट्रिय झण्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न माग गरेका थिए। स्थानीयवासीले एसएसबीले नै घटना घटाउने अनि उनीहरुसँगै गएर अनुसन्धान गर्नुको औचित्य नभएको भन्दै आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो नाटक गरिएकोले बिरोधमा उत्रिएको बताए। उनीहरुले आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ?, आफैँ अनुमान लगाउनुस् भन्दै आक्रोश समेत व्यक्त गरेका छन।
यसैबीच , जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पु¥याएको छ।

यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पु¥याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पु¥याइएको थियो । खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो। बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो। बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएनन् । प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो। बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो तर दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको बताइएको छ ।

प्रतिक्रियाहरु