मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना

२०७८ श्रावण २१ गते, बिहीबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। अहिले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने छ ।
काठमाडौं उपत्यकामा आज सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २१ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५१ मिनेटमा हुनेछ ।

प्रतिक्रियाहरु