अमेरिकामा अलास्कामा ८.१ म्याग्नीच्युडको भूकम्प

२०७८ श्रावण १४ गते, बिहीबार


काठमाडौं । अमेरिकामा अलास्कामा बिहीबार शक्तिशाली भूकम्प गएको छ। अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८.१ म्याग्नीच्युडको भूकम्प गएको हो । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेसँगै त्यहाँका मानिसहरू माथिल्ला क्षेत्रमा जान थालेको अन्तराष्ट्रिय माध्यमले जनाएका छन् । स्थानीय समयअनुसार बुधबार राति आएको भूकम्पका कारण धेरै खतरनाक सुनामीका छालहरू आउने सम्भावना रहेको राष्ट्रिय मौसम सेवाले जनाएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु