‘भ्रष्टाचारीलाई बचाउन भ्रमपूर्ण समाचार प्रकाशन नगरौ ‘

२०७८ श्रावण १४ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारीलाई बचाउन भ्रमपूर्ण समाचार प्रकाशन नगर्न ध्यानकर्षण गराएको छ । सो पार्टीको रुकुम पश्चिमले मङ्गलबार सानीभेरी गाउँपालिका ८ का वडाअध्यक्षलाई जनकारबाही गर्दा आफ्ना कार्यकर्तालाई झुट्टा मुद्दा लगाई गिरफ्तार गरेको बिषयलाई लिएर जिल्लास्थित केही सञ्चार माध्यमाले भ्रमपूर्ण पूर्वआग्रही ढङ्गले समाचार सम्प्रेषन गरेको भन्दै उक्त भ्रम फैलाउने कार्य नगर्न ध्यानआकर्षण गराएको हो ।
भ्रष्टाचारीलाई जोगाउन सत्य ढाकछोप गर्न सम्प्रेषण गरिएका समाचारको हल्लापछि नलाग्न सत्य तथ्यको गहिराहीमा पुग्न नेकपा रुकुम पश्चिमले जानकारी दिएको छ । छहरे पानी तल्लो आमडाँरा सिचाइँ आयोजना उपभोक्ता सिमितबाट ३ लाख भ्रष्टाचार गरेको केही मिडियामा र स्थानियबाट उजुरी आएपछि नेकपा सानोभेरी गाउँसमितिले उक्त वडा अध्यक्ष शसिराम बुढालाई जुत्तामाला र कालो मोसो दलेर कारवारी गरेको थियो । उक्त बिषयलाई लिएर प्रहरीद्वारा नेकपाका कार्यकर्ता गिरफ्तारीमा परेपछि जिल्ला सेक्रेटरी चन्द्रद्वारा हस्तारक्षर विज्ञप्तिमार्फत ध्यानआकर्षण गराएको हो ।
प्रहरीले नेकपाका कार्यकर्ता शिव र प्रकाशलाई गिरफ्तार गरि हिरासतमा राखेको भन्दै अविलम्ब रिहाईको जोडदार माग गर्दै गिरफ्तार परेका कार्यकर्ताहरूलाई रिहाई नगरे थप सङ्घर्षका कार्यक्रमहरू सहित अगाडि बढ्ने बताएको छ । आफ्ना कार्यकर्तामामाथि लगाएको चन्दा असुलीको आरोप पूर्वआग्रही ढङ्गबाट लगाएको भन्दै स्वैच्छिक सहयोग बाहेक जबर्जस्त चन्दा माग्ने पार्टीको नीति नभएको प्रस्ट पार्दै पार्टीको नीति विधि विपरीत चन्दा असुलीलाई कारवाही गर्ने गरेको कुरा आमजनतालाई जानकारी भएको प्रस्ट पार्दै भ्रष्टाचारमा सङ्लग्न व्यक्तिको बारेमा आम जनतामा बहस भइरहँदा पार्टीले छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनुको सट्टा भ्रष्टाचारीलाई नै संरक्षण गर्ने गरि बचाउ अभियानमा तीव्रताकासाथ लाग्नु स्वयम् माओवादी केन्द्रका लागि र सचेत समुदायका लागि लज्जाको बिषय हो । यस्तो उल्टो मार्गतिर यात्रा नगर्न र चरम भ्रष्टाचार, अनियमितता, लूट खसोटबाट मुक्त हुन हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ । विज्ञप्तिमा भनिएको छ । साथै यसै विज्ञप्तिमार्फत नेकपा रुकुम पश्चिमले त्रिवेनी गाउँपालिका ४ निवासी २६ वर्षीय मनकला खत्री खड्काको रहस्यमय किसिमले भएको हत्याको घोर भ्रत्र्सना गर्दै मृतक मनकलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको न्यायोचित छानबिन गरि यथाशीघ्र घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रियाहरु