एसईईको नतिजा साउन चौथो साता

२०७८ श्रावण १४ गते, बिहीबार


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यामिक शिक्षा परीक्षाको नतिजा साउन चौथो साता प्रकाशित गर्ने तयारी थालेको छ । बोर्डले साउन २६ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने गरि तयारी थालेको हो । बोर्डका अनुसार सबै जिल्लाबाट विद्यार्थीको आन्तरिक मूल्यांकन विवरण प्राप्त भइसकेको छ । अहिले बोर्डले प्राप्त मुल्यांकनलाई रुजु गर्ने काम गरिरहेको छ । २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए । कोराना भाइरस संक्रमणका कारण यो बर्षको परीक्षाफल आन्तरिक मुल्यांकनको आधारमा गर्न प्रकाशित गर्न लागिको छ ।
कोरोनाकै कारण २०७६ सालको एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।

प्रतिक्रियाहरु