सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उदघाटन

२०७८ श्रावण १३ गते, बुधबार

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज सिन्धुलीगढीको युद्ध सङ्ग्रहालयको उदघाटन गर्ने बताइएको छ । नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सम्पन्न भएपछी राष्ट्रपतिले संग्रालयको उद्घाटन गर्न लागएकी हुन् ।
संग्राहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएका छन् ।


सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्ट इन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

अन्नपूर्ण बेसक्याम्प खुल्यो !

२०७८ आश्विन ५ गते, मंगलवार

आज इन्द्रजात्रा

२०७८ आश्विन २ गते, शनिबार

हलेसी मन्दिर खुला

२०७८ भाद्र २९ गते, मंगलवार