प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

२०७८ श्रावण १२ गते, मंगलवार


काडमाडौं । मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी बर्षाको सम्भाबना रहेका स्थानहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु