महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जसपाका अध्यक्ष यादबबीच भेटवार्ता : संयुक्तरुपमा आन्दोलन अघि बढाउने सहमति

२०७८ श्रावण १० गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादबबीच भेटवार्ता भएको छ । आइतबार बिहान भएको सो भेटवार्तामा दुई पार्टीबीच तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल भएको थियो । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता , कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा खारेज नभएको स्थितिमा दुवै दलले संयुक्तरुपमा पहल गर्ने सहमति भएको छ।
यसैगरी , अध्यक्ष यादबले जसपाको उपस्थिति संसदमा रहेको र सरकारमा समेत सहभागी हुने सम्भावना भएकोले उसले केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिको स्वामित्व बर्तमान सरकार पनि लिनुपर्ने र उक्त सहमति कार्यान्वन गर्न आवाज उठाउने बताएका थिए ।
अध्यक्ष यादबले आन्दोलनवाट प्राप्त उपलब्धिको रक्षा गर्दै संबिधानको पुनर्लेखन गर्नुपर्ने बताएका थिए भने नेकपाका नेताले वर्तमान संबिधान र व्यवस्थाले देश र जनताको मुक्ति सम्भब नभएकोले समाजवादी व्यस्था स्थापना गर्ने तर्फ लाग्नु पर्ने र यसकै निम्ति आफ्नो पार्टीले जनमत संग्रहको एजेन्डा अघि सारेको बताएका थिए ।
सो भेटवार्तामा राष्ट्र र जनताको मुद्दा आझेलमा परेको र मधेशी जनतापनि यसकै कारण प्रताडित हुन् पुगेको निश्कर्ष निकाल्दै आगामी दिनमा संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने सहमति समेत भएको बताइएको छ ।
सो भेटवार्तामा देशको राजनीति निकै जटिल मोडमा पुगेको निष्कर्ष निकाल्दै यसको अग्रगामी र दीर्घकालीन समाधानको लागि छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति समेत भएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु