तीन वर्ष वितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लागेन

२०७८ श्रावण १० गते, आईतवार

काठमाडौं । कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ ।पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्य तथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमै चर्चाको विषय बनेको निर्मला प्रकरणमा तीन वर्षको अवधिमा प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । प्रहरीले अहिलेसम्म घटनाको कुनै निचोडमा नपुगेको तर अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएपनि ति कार्यान्वयनमा आउन सकेका छैनन । अनुसन्धानमा खटिएका छ अधिकृत फेरिएपनि घटनामा सग्लनको पहिचान अझै हुन सकेको छैन । पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीले भने सफाइ पाइसकेका छन । यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् ।
त्यस्तै प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीले पनि सार्वजनिक न्यायविरुद्धको कसूर गरेको अभियोगबाट सफाइ पाएका हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार