विश्व पुँजीवाद र अर्थतन्त्रको वर्तमान विशेषता

२०७८ श्रावण १० गते, आईतवार

तुफानसिंह कालिकोटे

साम्यवादी विचारअनुसार कुनै देशमा क्रान्तिको कार्यदिशा निर्माण गर्दा उक्त देशको जनताको आर्थिक, अवस्था, त्यहाँको, भौगोलिक अवस्थित रास्ट्रिय–अन्तर्रास्ट्रिय परिस्थिति, प्रबिधि र सूचना प्रबिधिको विकासलाई पनि अध्यन गर्न जरुरी हुँदोरहेछ । रूसमा लेनिनले पहिलो विश्वयुद्धबाट थाकेको युरोप रुस आफैं साम्राज्यवादी भएर पनि हारिरहेको अवस्था, देशभित्रको चरम् आर्थिक संकट र अन्तर्रास्ट्रियस्तरमा साम्राज्यवादी पुँजीवाद उदय भएको थियोे । यिनै तथ्यहरुलाई मनन् गर्दै लेनिनले प्रथम विश्वयुद्धको मध्यसमय सन १९१६ को जुन– जनवरीमा, साम्राज्यवाद– पुँजीवाद्को चरम् अवस्था भन्ने एउटा शोध प्रबन्ध नै तयार पार्नु भयो । उहाँले उक्त शोध प्रबन्धमा साम्राज्यवादका विशेषताहरुलाई यस प्रकारले व्यक्त गर्नुभएको छ– उत्पादनको सङ्केन्द्रकरण र एकाधिकारको विकास, पुँजी, निर्यात, नयाँ–नयाँ बजारहरु तथा प्रभाव क्षेत्रहरुमाथि कब्जा जमाउनका लागि संघर्ष, आर्थिक सम्बन्धहरुको अन्तर्राष्ट्रियकरण, पुँजीवादको परजीविका र ह्रास ।

श्रम र पुँजीबीचको विरोध तथा बर्गसंघर्षको तीब्रकरण, समाजवादमा संक्रमणका लागि आवश्यक भौतिक पूर्बाधारहरुको कुरा गर्नु भयो । भयानक नरसंहारकारी विश्व र त्यसमा प्रयोग भएका प्रबिधिबाट लेनिन तर्सिनु भएन । बरु क्रान्तिको सम्भावना देख्नुभयो । हतियारविहीन मजदुरहरुलाई हतियारबद्ध हुन सिकाउनुभयो उक्त शोध प्रबन्ध लेखेको एक बर्ष पुग्दै गर्दा अक्टोबर क्रान्ति सफल भयो । लेनिनले तयार पारेको यो कार्यदिशा यसअघि कसैले निर्माण वा प्रयोग गरेका थिएनन् । विश्व कम्युनिस्ट आन्दोलनका लागि उक्त कार्यदिशा नयाँ थियोे । रुसभन्दा अबिकसित र पिछडिएको अर्धसामन्ती र अर्धऔपनिबेशिक चीनमा माओले लामो समय लगाएर त्यहाँको अर्थतन्त्र, भौगोलिक अबस्थित, जनसंख्या, प्रथम विश्वयुद्धको अन्त्य र दोसो विश्वयुद्धको बिस्फोटनका, लागि तयार भएको पृथ्वीको राम्रो अध्यन गर्नु भयो । उहाँले आर्थिक रूपमा अर्धसामन्ती र अर्धऔपनिवेशिक देशको अर्थतन्त्र दलाल, पुँजीवाद र औधोगिक पुँजीबाट भएको संक्रमणको कुरा उठाउनु भयो ।

यिनै तथ्यहरुलाई आधार मानेर नयाँ जनवादी क्रान्तिको कार्यदिशा तयार पार्नुभएको थियोे । चीनमा नयाँ जनवादी क्रान्ति हुँदै गर्दा विश्वमा फेरि विश्व युद्ध भड्किएको थियोे अमेरिकाले जापानमा आणविक बम बिस्फोट गराएर विश्वमा चलेको साम्यवादी आन्दोलन रोक्न खोजेको थियोे । अमेरिकाको अणु बमको ध्वंश माओ डराउनुभएन । बरु उहाँले त्यसको जमेर प्रतिवाद गर्नु भयो चीनमा अमेरिका जापानी साम्राज्यवाद र च्याङ्काइसेकलाई सहयोग गर्न आएको थियो । तर, उ त्यहाँ पनि सफल हुन सकेन । माओकालमा नै विश्वमा अन्य देशहरुमा पनि क्रान्तिहरु सफल भएका छन् । क्युवा, उत्तर कोरिया, यसका उदाहरणहरु हुन । यी देशहरुमा अमेरिकाले केही गर्न सकेन ।

विज्ञान, व्यवसायिक, प्राबिधिक, चिकित्साशास्त्र र ब्यबस्थापन विषयको शिक्षामा यिनीहरुको ब्यापार खुबै बढेको छ । शिक्षा बिचारबिनाको प्रबिधि मात्रै समावेश गर्ने भएकाले र ठूलो लगानीबाट प्राप्त शिक्षा पनि लामो समयसम्म नटिक्ने भएकाले निगम शिक्षाले आबधिक जनशक्ति मात्र उत्पदन गर्छ । केही समय पछि नै त्यो जनशक्ति बेरोजगार हुन पुग्छ । निगमको बोलवाला बढ्दै जाँदा साम्राज्यवादको प्रभुत्व घट्दै गएको छ । विश्वमा पहिलो पटक कुनै ठूलो युद्धबिना नै एकल ध्रुबिय अमेरिकी साम्राज्यवादको प्रभुत्व कमजोर भएर बहुधु्रवीय हुँदै जानुको मुख्य कारण निगम पुँजी हो । अहिले निगम पुँजी बलियो देखिए पनि विश्वका ३४ धनी रास्ट्र (मान्छेहरु) का बीचमा जमिनलाई लिएर द्वन्द्व चल्ने छ । नोम्स चोम्सकिले त जमिनलाई लिएर अबको विश्वयुद्ध निकट भबिष्यमा नै हुने भबिष्यबाणी अचुक हतियारमा गरेका छन् । निगम पुँजीवादको विशेषता साम्राज्यवादी पुँजीवादको भन्दा भिन्न छ, साम्राज्यवादी सत्ता हुन्थ्यो, सरकार हुन्थ्यो । बलियो सत्ताको माध्यमबाट गरिब अबिकसित रास्ट्र र जनतामाथि युद्ध थोपरेर, धम्क्याएर सत्ताधारीहरुलाई नै दलाल बनाएर शोषण, दमन र उत्पीडन लाद्छ । तर, निगम पुँजीवादले त्यसो गरेको छैन, उसले सत्तालाई किनिदिन्छ । कुनै देशको, भूमि, साधनस्रोत, प्रबिधिलाई आफ्नो बनाउनका लागि राज्यद्वारा नै ऐनकानुन पातिर गराउछ ।

यसरी उसले कुनै पनि राज्यबाट मिलियन मिलियन कमाउछ । तर, राज्यको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, सुरक्षा निकाय, राजनीतिक पार्टीका मुख्य नेताहरुलाई त्यसबाट चुहिएको केही चाट्नका लागि छाडिदिन्छ । निगमले नेपालजस्ता साना र गरिब राष्ट्रहरुमाथि मात्र कब्जा जमाएको छैन उसले, अमेरिका, बेलायतजस्ता धनी राष्ट्रलाई प्रभावित पारेको छ । पेन्टागनले पनि निगमको आदेश शिरोधार्य गर्छ यो विश्व पुँजीवाद र अर्थतन्त्रको वर्तमान विशेषता हो ।

प्रतिक्रियाहरु