अखिल (क्रान्तिकारी) द्वारा सचेतनात्मक कार्यक्रम सम्पन्न

२०७८ श्रावण ९ गते, शनिबार


काठमाडौं । अखिल (क्रान्तिकारी) विशेष जिल्लाले सबैखाले प्राकृतिक बिपत्तिबाट बचाउनका लागि जनताहरुको बिचमा सार्वजनिक सूचना फैलाउदै ललितपुरको गोटिखेलमा सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष जिला अध्यक्ष दयाराम लुवारले सबै जनतालाई नअत्तिन उल्लेखित सबै सुचनाहरुको पालना गरे आउन सक्ने प्राकृति जोखिमबाट वच्न सकिने भएकाले उक्त सुचनाको पालना गर्न पनि सबैलाइ अनुरोध गरेका छन। उनले कुनै पनि ठाउँमा कुनै प्रकारको प्राकृतिक तथा मानवीय बिपत्ति आइलागे अखिल (क्रान्तिकारी) उक्त दुखमा जनताका साथमा साथ र हातमा हात मिलाएर राहत, उद्दार, खोजीकार्यका लागि खटिने भएकाले तत्काल खबर गर्न समेत अनुरोध गरेका छन ।

अहिलेका शासक, दलाल संसदबादी पार्टी, संसदीय व्यवस्था जनताको मुद्दामा केन्द्रित हुनुको सट्टा पैसा र कुर्सिका लागि अतिनै लाजमर्दो राजनीति खेलमा उत्रिएको बताए । यो व्यवस्थाले सम्पुर्ण नेपाली जनतालाई दुख दिएको, आर्थिक संकट पैदा गरेको, राजनीतिक संकट निम्त्याएको, महिलाहरुको सुरक्षा , हक , अधिकार र न्यायको सुनिश्चितता बिमुख भएको बताउदै सदियौदेखि पछाडि पारिएका वर्ग समुदायहरु दलित, जनजातीमाथी राज्यले बिभेदकारी नीति लिएको बताए । उनले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रियतालाई अति नै कमजोर पारेको र जताततै भ्रष्टाचार, ब्यतिथी , अन्याय, अत्याचारलाई मात्रै प्रसय दिएकाले यो व्यवस्था र यसले निर्माण गरेका सस्था तथा निकायहरु निकाम्मा साबित भएकाले अब नेपाली जनताले ब्यक्ति, पात्र र नेता नभै समग्र व्यवस्था परिवर्तन गर्नुपर्ने भएकाले जनमतमार्फत बैज्ञानिक समाजबाद स्थापना गर्नका लागि सबै नेपाली जनता एकजुट भएर लाग्नु पर्ने बताए।

प्रतिक्रियाहरु