महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता : आगामी दिनमा सहकार्य गर्ने सहमति

२०७८ श्रावण ९ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार बिहान भएको सो भेटवार्तामा दुवै पार्टीले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वनका बिषयमा छलफल गरेका थिए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार दुवै पार्टीका नेता कार्ताहरुमाथि लगाइएको मुद्दा खारेज नभएको र बन्दीहरु रिहा नभएको स्थितिमा दुवै दलले संयुक्त रुपमा पहल गर्ने सहमति भएको छ। जसपाको उपस्थिति संसदमा समेत भएकोले उसले केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिको स्वामित्व बर्तमान सरकार पनि लिनपर्ने र सरकारले सो सहमति कार्यान्वन नगरे संसदमा समेत आवाज उठाउने सहमति भएको छ । यसैगरी , सो भेटवार्तामा नेता कुर्सि र सत्ता केन्द्रित भएकोले राष्ट्र र जनताको मुद्दा आझेलमा परेको निष्कर्ष निकाल्दै मधेशी जनतापनि यसकै कारण प्रताडित हुन् पुगेको निश्कर्ष निकाल्दै आगामी दिनमा सहकार्य गर्ने सहमति समेत भएको बताइएको छ ।
सो भेटवार्तामा देशको राजनीति निकै जटिल मोडमा पुगेको निष्कर्ष निकाल्दै यसको अग्रगामी र दीर्घकालीन समाधानको लागि छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति समेत भएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु