अमेरिकाद्वारा अफगानिस्तानका नागरिकलाई प्रवेश अनुमति

२०७८ श्रावण ८ गते, शुक्रबार

काठमाडौं । अमेरिकाले आठ हजार अफगानिस्तानका नागरिकलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । संसदको तल्लो सदनले अफगानिस्तानमा अमेरिकी सेनालाई सहयोग गर्ने नागरिकलाई आउन दिने विधेयक पारित गरेको हो । संसदको तल्लो सदनमा भएको मतदानमा चार सय सात जना सांसदले सो विधेयकको पक्षमा मतदान गरेका हुन । दुवै सदनले विधेयक पारित गरेसँगै अमेरिकाका लागि काम गरिरहेका र युद्धका कारण विस्थापित भएका नागरिकले अमेरिकामा बसोबासको अनुमति पाउनेछन । अमेरिकाले आगामी डिसेम्बरदेखि अफगानिस्तानका नागरिकलाई भिसा वितरण गर्ने जनाएको छ । अमेरिकाले सन् २००१ मा अलकायदाले अमेरिकामा आत्मघाती हमला गरेसँगै अफगानिस्तानमा सेना पठाएको थियो । अमेरिकाले अगष्ट ३१ तारिखवाट अफगानिस्तानमा सैन्य कारवाही अन्त्य गर्ने घोषणा गरेको छ ।

प्रतिक्रियाहरु