अखिल क्रान्तिकारी मकवानपुरद्वारा २३ बुँदे मागपत्र पेश

२०७८ श्रावण ७ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी मकवानपुरले मकवानपुर जिल्ला प्रशासन कार्यालय हेटाैंडामा २३ बुँदे मागपत्र बुझाएको छ। देशको पछिल्लो राजनीतिक उथलपुथलका साथै विश्वब्यापी रूपमा फैलिरहेको कोरोना महामारीको कारण जनमानसमा नैराश्यता उत्पन्न भइरहेको छ। समाजमा दिनप्रतिदिन अपराधिक घटना हरु घटिरहेका छन्। विकृति विसंगति उस्तै मौलाइरहेको छ। जनताका आधारभूत आवश्यकताहरु जनताको पहुँचभन्दा बाहिर पुगेको छ। शैक्षिक क्षेत्रमा व्यापारीकरण बढिरहेको छ। स्वास्थ्य क्षेत्रमा त्यस्तै लुटतन्त्र मच्चिएको छ। यातायात व्यवसायीहरुले पनि यात्रुहरुलाई ठग्नु ठगेका छन्। यस्तो परिस्थितिमा पनि सम्बन्धित निकाय र सरोकारवाला मौन भइरहेकाले तत विषयबस्तु र समसामयिक समस्याहरूको तत्काल समाधानका लागि केन्द्रिय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी) मकवानपुरले पनि जिल्ला प्रशासन कार्यालयमा २३ बुँदे मागपत्र बुझाएको हो।
नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच फागुन २१ मा भएको ३ बुँदे सहमतिको इमान्दारिताका साथ कार्यान्वयन गरियोस् भन्ने विषय पनि समेटिएको उक्त मागपत्र अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानद्वारा बुझाइएको हो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु