नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवा , गृहमन्त्री खाँणबीच भेटवार्ता

२०७८ श्रावण ६ गते, बुधबार


आगामी दिनमा समग्र राजनीतिको बारेमा छलफल गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको छ । सो भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमतिको स्वामित्व वर्तमान सरकारले लिनुपर्ने र सो सहमति कार्यान्वयन गर्दै बन्दीहरुलाई तत्काल रिहा गर्नु पर्ने बताउदै बन्दीहरु रिहा गर्न राजनीतिक , संबैधानिक र कानुनि जटिलता भए तत्काल ति समस्याको हल गरि बन्दीहरुलाई गर्नुपर्ने बताएका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आइ सकेको बताउदै बन्दि रिहा गर्न कुनै आपत्ति नभएको भन्दै दलहरुसंग बैठक र परामर्श गरेर यस्ता समस्याको समाधान गर्ने बताएका थिए।
नेपाल कम्युनिस्ट पार्टी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको यो भेटवार्ता सौहार्द , सकारात्मक र उपलब्धिमुलक भएको र आगामी दिनमा समग्र राजनीतिको बारेमा छलफल गर्ने सहमति समेत भएको बताइएको छ।
सो भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोलासमेत सहभागी भएका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु