ने.क.पा.का महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता : छलफललाई घनिभूत ढंगले अगाडी बढाउने सहमति

२०७८ श्रावण ५ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , पुर्वप्रधानमन्त्री एबम् एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सो भेटवार्तामा महासचिव विप्लवले ओली सरकारसंग भएको तीनबुँदे सहमति कार्यान्वनको प्रसंग उठाउदै नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति हुँदा आम नेपाली जनताका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा सकारात्मक प्रभाब परेको बताउदै तर यो बिचमा बन्दीहरु नछुटदै सरकार परिवर्तन हुँदा त्यो राजनीतिक उचाईमा धक्का पुगेको धारणा राखेका थिए । उनले तीनबुँदे सहमति कार्यान्वनमा ढिलाई हुँदा त्यो सहमति नहोस र त्यसको कार्यान्वन पनि नहोस भन्ने तत्वहरु पुन: सल्बलाउने स्थिति बनेको बताए।
यसैगरी , सो भेटवार्तामा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले राष्ट्रिय राजनीतिको पछिल्लो घटनाक्रम ( सर्बोच्चको फैसला र शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन ) धेरै जटिल र गम्भीर बनेको बताउदै यसको समाधानको लागि राष्ट्रिय आबश्यकता र जनताको भावना अनुसार अग्रगामी र क्रान्तिकारी खोज्नुपर्ने धारणा राखेका थिए । उनीहरुले यसको निम्ति नेपाल कम्युनिस्ट पार्टीले सबै राजनीतिक दलसंग छलफल र भेटघाट गरिरहेको बताउदै यस कार्यमा नेकपा एमालेको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए भने पुर्वप्रधानमन्त्री एबम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी आफ्नो बिचार , राजनीति र आदर्श बोकेको पार्टी भएकोले सरकारले वार्ता र सहमति गरेको बताउदै तीन बुँदे सहमति कार्यान्वन गर्ने सम्बन्धमा आफ्नो कुनै दुराशय नभएको बताएका थिए। अध्यक्ष ओलीले तीन बुँदे सहमति कार्यान्वनका लागि सरकार लागि परेकै थियो भन्दै केहि राजनीतिक र संबैधानिक जटिलताले गर्दा ढिलाई भएको र त्यहि बेला सरकार र आफ्नो पार्टीबिरुद्ध ठुल- ठुला षड्यन्त्र भएको , कोरोना माहामारी , लक्डाउनलागयत बिबिध कारणले तिब्रता दिन नसकिएको बताएका थिए । ओलीले बिगतमा आफु सरकारमा हुँदा पनि र अहिले प्रतिपक्षमा हुँदा पनि नेपाल कम्युनिस्ट पार्टीसंग गरेको तीन बुँदे सहमति कार्यान्वनको पक्षमा रहेको बताएका थिए।
यसैगरी , ओलीले अहिले राष्ट्रिय राजनीतिमा धेरै जटिलता थपिएको बताउदै संसदीय र संबैधानिक मूल्यमान्यता माथि धेरै ठुला प्रशन खडा भएको बताउदै यसको समाधानको लागि नेपाल कम्युनिस्ट पार्टीको भूमिका महत्वपूर्ण हुने भएकोले छलफललाई घनिभूत ढंगले अगाडी बढाउदै जानु पर्ने बताएका थिए।


ओली निवास बालकोटमा भएको उक्त भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला र नेकपा एमालेका नेता एबम् अन्तर्राष्ट्रिय बिभाग प्रमुख राजन भट्टराईसमेत सहभागी भएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु